गठबन्धन बैठक : कार्यदलले बुझायो प्रतिवेदन, शीर्ष नेतामा भएन गहन छलफल – Nepal Press

गठबन्धन बैठक : कार्यदलले बुझायो प्रतिवेदन, शीर्ष नेतामा भएन गहन छलफल

कैलाली । पाँच दलीय गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ । बिहीबार बालुवाटारमा शीर्ष नेतालाई कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको हो ।

कार्यदलका सदस्य तथा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार सिट संख्या भने शीर्ष नेताहरूले नै टुङ्ग्याउने गरी प्रतिवेदन बुझाइएको हो ।

‘मोटामोटी रूपमा हामीले सबै क्षेत्रमा सहमति कायम गरेका छौँ । नमिलेका केही ठाउँमा द्विपक्षीय दाबी छ, त्रिपक्षीय दाबी भने कम छ,’ पुनले भने, ‘अब बाँकी रहेका कुराहरू शीर्ष नेताहरूले मिलाउनुहुनेछ ।’

यता शीर्ष नेताहरूले बिचमा भने कार्यदलले बुझाएको प्रतिवेदनको गहन छलफल हुन पाएन ।

‘सहमति भएको छैन । भोली तिन बजे बस्ने भनिएको छ’ कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेले नेपाल प्रेसलाई भने ‘नेताहरूको कार्य व्यस्तताले आज छलफल हुन नपाएको हो ।’

नेताहरू अन्य कार्यक्रममा व्यस्त भएका कारण कार्यदले प्रतिवेदन बारे राम्रोसँग प्रस्ट पार्न नसकेको उनको भनाइ थियो ।

‘त्यो पनि पनि राम्रो सँग प्रस्तुत हुन पाएन । नेताहरूको व्यस्तताले गर्दा’, उनले भने, ‘उपेन्द्र जी राष्ट्रपतिकोमा जानु भयो । हिमाल होटेलमा प्रचण्ड जी अर्काे तिर माधवजीको जानाले मिटिङ नै राम्रो भएन ।’

कांग्रेसको नब्बे देखी एक सम्म दाबी रहने उनले जनाए । भोलि ३ बजे पुन बस्ने पौडेलले बताए ।


प्रतिक्रिया

One thought on “गठबन्धन बैठक : कार्यदलले बुझायो प्रतिवेदन, शीर्ष नेतामा भएन गहन छलफल

  1. गठबन्धन बैठक बस्दै । निकास निस्केन । फेरि बैठक बस्दै । सहमति नजिक । फेरि बैठक बस्दै । ……….. । यो नौटंकी देशमा कहिलेसम्म ? देश विकास, सुशासन खतम हुँदै गएको छ । ती विषयमा छलफल नै छैन । विदेशीको निर्देशनमा मात्र काम काम भैरहेको छ । लाईसेन्स बाँडने, काेटा बाँडने, ठेक्का मिलाईदिने, सरूवा बढुवा गर्ने । सबैकाम कमाउनको लागि मात्र । यहि गठबन्धनलाई फ्रि जिताएर यहि श्रृंखला दोहोरिएको हेर्ने कि विकास , सुशासन पनि खोज्ने ? विकास सुशासनको लागि गठबनधनलाई हराओैं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *