८ महिना पछि माओवादीले पदाधिकारी पाउँदै, महासचिवमा गुरुङको सम्भावना – Nepal Press

८ महिना पछि माओवादीले पदाधिकारी पाउँदै, महासचिवमा गुरुङको सम्भावना

कैलाली । माओवादी केन्द्रले गत वर्ष पुस ११ देखी २५ सम्म आठौँ राष्ट्रिय महाधिवेशनको आयोजना गर्‍यो । राष्ट्रिय सम्मेलनको तयारी गरेको माओवादी केन्द्रले अन्तिममा राष्ट्रिय महाधिवेशनकाको नाम दिएको थियो ।

माओवादी केन्द्रले २०६९ पछि महाधिवेशन गरेको थिएन । एक दशक पछि भएको महाधिवेशनले पनि पुष्पकमल दाहाल प्रचण्डलाई दोहोराउने बाहेकको अन्य पदाधिकारीको विषय टुङ्गाउन सकेन । महाधिवेशन सकिएको करिब ८ महिना पछि माओवादीले पदाधिकारी पाउने भएको छ ।

आज बस्ने स्थायी कमिटीको बैठकले पदाधिकारी टुङ्गो लगाउने प्रवक्ता कृष्ण बहादुर महराले जनाएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई सबै भन्दा बढी सकस महासचिव चयन गर्न रहेको बताइएको छ ।

अहिले सम्म महासचिवमा, देव गुरुङ,जनार्दन शर्मा, वर्षमान पुन पम्फा भुसाल लगायतले आकांक्षा व्यक्त गरेका छन् । उनीहरु मध्ये शर्मा र पुनको बढी चर्चा भइरहेको छ । तर, माओवादी स्रोतका अनुसार शर्मा र पुनलाई उछिन्दै गुरुङ महासचिव बन्ने सम्भावना बढि देखिएको छ ।

तर, जनार्दन र वर्षमानमाथि दबाब सिर्जना गर्न प्रचण्डले गुरूङकाे कार्ड फालेकाे प्रचण्डनिकट एक नेताले नेपाल प्रेसलाई बताए । हिजोको बैठकमा प्रचण्डको अभिव्यक्तिले धेरैले गुरुङलाई प्रचण्डले महासचिव बनाउन खोजेको बुझेका छन् ।

‘हिजाको बैठकमा पार्टी अध्यक्षले सिनियर नेताहरूबाट महासचिव बनाउने आशय व्यक्त गर्नु भएको थियो’ बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले भने, ‘नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा पछिको सिनियर नेता देव गुरुङ हुनुहुन्छ । सायद उहाँ नै महासचिव बन्नुहुन्छ होला ।’ श्रेष्ठ र महराले जिम्मेवारी पाइसकेको हुँदा अब गुरुङ जिम्मेवारी पाउन सक्ने ती नेताले बताए ।

हिजो बसेको बैठकले पदाधिकारी बाहेकका सबै समिति टुङ्गो लगाइसकेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर