काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत भेटिए – Nepal Press

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत भेटिए

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत भेटिएका छन् ।

तारकेश्वर नगरपालिकास्थित वडा नम्बर २ मा बाबु, आमा, छोरा र छोरी मृत भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख जनक भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए ।

उनीहरूमध्ये केही झुण्डिएको अवस्थामा भेटिएको भट्टराईले बताए ।

घटनाको अनुसन्धान सुरू गरिएको प्रहरीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर