कान्छो सगरमाथा आरोही शम्भु तामाङको निधन – Nepal Press

कान्छो सगरमाथा आरोही शम्भु तामाङको निधन

काठमाडौं । सबैभन्दा कान्छो सगरमाथा आरोही शम्भु तामाङको निधन भएको छ । दुई महिनादेखि क्यान्सर रोगबाट ग्रसित तामाङको बिहीबार बिहान नेपाल क्यान्सर हस्पिटल गोदावरी ललितपुरमा निधन भएको पारिवारिक स्रोतले जनाएको हो ।

सिन्धुपाल्चोक लिसंखुपाखर वडा नं २ ह्रिस्याङ्गु घर भएका तामाङ अहिले काठमाडौंको महाराजगन्जमा बस्दै आएका थिए । तामाङले सन् १९७३ मे ५ तारिखका दिन १८ वर्षको उमेरमा सगरमाथाको आरोहण गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम राख्न सफल भएका थिए ।

केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । उनले तामाङको विगत र अहिले भइरहेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रचण्डको सचिवालयले जनाएको थियो ।

अध्यक्ष प्रचण्डले देशका लागि तामाङले पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै स्वास्थ्योपचारमा सरकारको तर्फबाट सहयोग दिलाउन पहल गर्ने बताएका थिए ।

तामाङ लिसंखु सेवा समाजका वर्तमान अध्यक्ष तथा छ्योइफेल कुन्देलिङ गोन्पाको सल्लाहकार र तीलगंगा आँखा अस्पतालका पूर्वकोषाध्यक्ष थिए ।

तामाङका श्रीमती, एक छोरा र एक छोरी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर