प्रदेश १ सरकारले ल्यायो ३९ अर्ब ७३ करोडको बजेट (पूर्णपाठ) – Nepal Press

प्रदेश १ सरकारले ल्यायो ३९ अर्ब ७३ करोडको बजेट (पूर्णपाठ)

विराटनगर। प्रदेश १ सरकारले कुल ३९ अर्ब, ७३ करोड, ८३ लाखको बजेट ल्याएको छ । बुधवार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट पेस गरेका हुन् ।

प्रदेश १ सरकारले शिक्षा, स्वास्थ्य तथा कृषिलाई प्राथमिकतामा राखेर बजेट पेस गरेको हो । बजेटमध्ये स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब १५ करोड १५ लाख र संघीय अनुदान बचत फिर्ता २ अर्ब रहेको छ ।

आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड २४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड ५९ लाख, समपूरक अनुदानबाट ९२ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३५ अर्ब ९६ करोड ६० लाख खर्च व्यहोरिने र बाँकी नगद मौज्दातबाट ३ अर्ब ५१ करोड ५५ लाख वैदेशिक अनुदानबाट २५ करोड ६८ लाख व्यहोरिने मन्त्री आङ्बोले बजेटमा उल्लेख गरे ।

चालू आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख विनियोजन भएको थियो ।

प्रदेश सरकारले निर्वाचन क्षेत्र विशेष कार्यक्रमका लागि ९० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । विगतमा प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरूका लागि फरक फरक व्यवस्था भए पनि आगामी आर्थिक वर्षका लागि समान रकम विनियोजन गरिएको छ ।

प्रदेशसभामा रहेका ९० जना सांसदले एक करोडका दरले खर्च गर्ने गरी बजेट विनियोजन गरिएको हो । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले निर्वाचन क्षेत्र विशेष कार्यक्रममा सबै प्रदेशसभा सदस्यहरूको समान भूमिका रहने घोषणा गरेका हुन् । प्रदेश १ सरकारले स्वास्थ्य क्षेत्रमा ३ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेश मातहतको अस्पतालहरूको स्तरोन्नती गरिने भएको छ । त्यसको लागि २५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री आङबोले जानकारी दिए ।

मोरङको उर्लाबारी ३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर स्थरोन्नती गरिने भएको छ । त्यसको लागि २५ करोड रुपैयाँ बजटे विनियोजन गरिएको छ । चालु आर्थिक वर्षदेखि मदन भण्डारी ट्रमा सेन्टरमा सिटी स्क्यानसहितको सेवा प्रारम्भ गरिने भएको छ ।

झापाको मेची अस्पतालमा न्युरो सर्जरी सेवा सुरु गरिने भएको छ । प्रदेश अस्पतालको लागि रूपमा विस्तार गरिनेछ । स्तरोन्नतीको लागि १८ करोड बजेट विनियोजन गरिएको छ ।

यसै गरी आर्थिक वर्ष कलम गाउँपालिकामा ५० शैय्याको आयुर्वेदिक अस्पताल निर्माण गरिने भएको छ । एक वडा एक बर्थिङ सेन्टरको लागि चार करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।प्रदेश सरकारले सहिद परिवारको सम्मानमा आर्थिक सहयोगको घोषणा गरेको छ । बजेट वक्तव्य मार्फत १ लाखको दरले सहयोग उपलब्ध गराउने घोषणा गरिएको हो ।

यस्तै सरकारले द्वन्द्व पीडितका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निःशुल्क उपचार गर्ने घोषणा पनि गरेको छ प्रदेश सरकारले सुनसरी, उदयपुर र धनकुटा जोड्ने गरी बराह क्षेत्रमा कोसी र कोकाह नदीमा आकर्षक झोलुङ्गे पुल निर्माण गर्ने भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बजेट वक्तव्य मार्फत तीन जिल्ला जोड्ने झोलुङ्गे पुललाई पर्यटन प्रवर्द्धन अन्तरगत कार्यक्रम मार्फत निर्माण गरिने जनाएका छन् । त्यसका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए ।

पर्यटन क्षेत्रको विकासका लागि डिजिटल वेब र मोबाइल एप निर्माण गर्ने पनि उल्लेख गरिएको छ ।

पर्यटन विकास लागि महत्त्वका साथ अघि बढाइएको मुन्धुम पदमार्ग यसै वर्ष सम्पन्न गर्ने र थप चार वटा पदमार्ग निर्माण गर्ने पनि घोषणा गरिएको छ ।
पर्यटकको बसाई अवधि बढाउन लामो र छोटो अवधि भ्रमण प्याकेज निर्माण गर्न सहयोग गर्ने पनि बताइएको छ ।

यस्तै विराटनगर विमानस्थलको स्तरोन्नति गर्ने र विराटनगरबाट पहाडी जिल्लाहरूमा नियमित हवाई उडान र माउन्टेन फ्लाइट सञ्चालन गर्न पहल गर्ने बजेट मार्फत घोषणा गरिएको छ ।

खेल पर्यटन प्रवर्द्धन गर्न आवश्यक बजेट विनियोजन गरेको बताइएको छ ।प्रदेश सरकारले दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान दिने घोषणा गरेको छ ।

बजेट वक्तव्य मार्फत क मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले किसानलाई सोझै प्राप्त हुने गरी उत्पादनमा आधारित प्रोत्साहन अनुदान दिने घोषणा गरेका हुन् । त्यसका लागि आवश्यक बजेट विनियोजन गरेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर