बुटवलको कार्यपालिकामा गठबन्धनको प्यानलै विजयी – Nepal Press

बुटवलको कार्यपालिकामा गठबन्धनको प्यानलै विजयी

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको कार्यपालिकामा सबै सदस्य पाँचदलीय गठबन्धनबाट निर्वाचित भएका छन् । नगर कार्यपालिकाको निर्वाचनमा आठै सदस्यमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका हुन् ।

कार्यपालिकाको सदस्यका लागि मेयर तथा उपमेयरसहित १९ वडाका वडाअध्यक्ष तथा वडा सदस्यहरूले मतदान गरेका थिए । कार्यपालिकामा कांग्रेसबाट निलम गौतम, वसन्ती विक, राधादेवी पौडेल, रिना भुसाल, हेमा थामी, जसपाबाट सुनिता खड्लुक, नेकपा एकीकृत समाजबादीबाट यमबहादुर सुनार र राष्ट्रिय जनमोर्चाबाट कृष्णबहादुर सुनार विजयी भएका हुन् ।

एमालेका सबै उम्मेदवार पराजित भएका छन् । यहाँको मेयरमा पाँच दलको गठबन्धनबाट नेपाली कांग्रेसका खेलराज पाण्डे र उपमेयरमा एमालेकी सावित्रा अर्याल विजयी भएका छन् । १९ वडा रहेको उपमहानगरमा ५ वटा वडाध्यक्ष मात्रै एमालेले जितेको छ ।


प्रतिक्रिया

One thought on “बुटवलको कार्यपालिकामा गठबन्धनको प्यानलै विजयी

  1. जातिय सन्तुलन खाेई ? डिङ मात्रै हाँक्ने । तेत्रा मगर, गुरुङ, नेवार, थकाली लगायत जनजाती बसाेबास रहेकाे समाजमा एकजना पनि रहेनछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर