महोत्तरी गाउँपालिका अध्यक्षमा तमलोपा र उपाध्यक्षमा जसपा विजयी – Nepal Press

महोत्तरी गाउँपालिका अध्यक्षमा तमलोपा र उपाध्यक्षमा जसपा विजयी

जनकपुरधाम । महोत्तरीको महोत्तरी गाउँपालिका अध्यक्षमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ ।

गाउँपालिका अध्यक्षमा तमलोपाका दिलिपकुमार पाण्डे दुई हजार ३३६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका अजयजंग रायले दुई हजार २०८ मत ल्याएका छन् ।

उपाध्यक्षमा भने जसपाकी दिपोदेवी पासवान दुई हजार ६४ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी तमलोपाकी ललितादेवी साहले एक हजार ९९१ मत पाइन् ।

गाउँपालिका अध्यक्षमा पाण्डे निर्वाचित भएसँगै लोकतान्त्रिक समाजवादी पार्टीबाट विभाजित भएर बनेको तमलोपाले पहिलो गाउँपालिका अध्यक्ष पाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर