च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा रियाल मड्रिड सिटीसँग पराजित – Nepal Press

च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा रियाल मड्रिड सिटीसँग पराजित

काठमाडौं । च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनल खेलको पहिलो लेगमा स्पेनिस लिग लिडर रियाल मड्रिड इङ्लिस क्लब म्यान्चेस्टर सिटीसँग ४–३ गोलको नतिजामा पराजित पराजित भएको छ ।

मंगलबार राति सिटीको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन केभिन डि ब्रुयन, गाब्रिएल जिसस, फिल फोडेन र बर्नार्डो सिल्भाले गोल गरे भने रियालका लागि करिम बेन्जेमाले दुई र भिनिसियस जुनियले एक गोल गरे ।

खेल सुरु भएको दोस्रो मिनेटमा ब्रुयनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । जिससले ११औं मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।
रियालका लागि बेन्जेमाले ३३औं मिनेटमा पहिलो गोल गरे ।

पहिलो हाफ २–१ को नतिजामा सकिएको खेलको ५३औं मिनेटमा फोडेनले सिटीका लागि तेस्रो गोल गरे । त्यसको दुई मिनेट नबित्दै भिनिसियसले रियालका लागि दोस्रो गोल गर्दै खेलालाई ३–२ को स्थितीमा ल्याएका थिए ।

निकै नै प्रतिस्पर्धात्मक भएको खेलमा सिल्भाले ७४औं मिनेटमा सिटीका लागि चौथो गोल गरे ।

खेलको ८२औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै बेन्जेमाले ब्यक्तिगत दोस्रो तथा रियालका लागि तेस्रो गोल गरे तर उनको त्यो गोल जितका लागि पर्याप्त बन्न सकेन ।

दोस्रो लेगको खेल मे ५ मा रियालको घरेलु मैदानमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *