प्रचण्ड-माधवको अवरोध सम्झिँदै ओलीले भने- देशको कुरा गर्‍यो कि मैले के पाउँने भनेर दुई घण्टा कराउँथे (भिडिओ) – Nepal Press

प्रचण्ड-माधवको अवरोध सम्झिँदै ओलीले भने- देशको कुरा गर्‍यो कि मैले के पाउँने भनेर दुई घण्टा कराउँथे (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अप्ठेरो र अवरोधकोबीच पनि कसरी काम गर्नुपर्छ भन्ने आफूले बितेका ३ वर्षमा धेरै सिकेको बताएका छन् ।

एमाले निकट उद्योग व्यवसायी महासंघको महाधिवेशनलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अप्ठेरोकाबीच विकासका नयाँ नयाँ योजनाको जग बसाउन सकिएकोमा गर्व लागेको बताए ।

ओलीले भने– हामी अहिले केही समय सरकार बाहिर छौँ । त्यो बेला पनि काम गर्न आफ्नैले कहाँ दिएका हुन् र ? एकातिर प्रचण्ड, अर्कोतिर माधव नेपाल अनि अर्कोतिर झलनाथ । देश विकासको कुरा गर्नासाथ देशभन्दा पहिले मेरो कुरा गर्नुछ यहाँ भनेर एउटा दुई घण्टा कराउँछ । अनि अर्कोले मैले के पाउँछु भनेर दुई घण्टा कराउँछ । यस्तो अवरोधका बीच पनि कसरी विकासको काम अघि बढाइयो होला ।

ओलीले विकास गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउने र नयाँ दृष्टिकोणका साथ ठूला ठूला परियोजनाहरु अघि बढाउने काममा आफू सफल भएको दावी गरे ।

उनले अप्ठेरोमा काम गर्न आफू अभ्यस्त भइसकेको भन्दै अब चुनावबाट बाँकी योजना पूरा गरिने बताए ।


प्रतिक्रिया

One thought on “प्रचण्ड-माधवको अवरोध सम्झिँदै ओलीले भने- देशको कुरा गर्‍यो कि मैले के पाउँने भनेर दुई घण्टा कराउँथे (भिडिओ)

  1. ओत्लिले विना अवराेध अहिलेसम्म काम गरिरहन पाएक्ने भए देशकाे मुहारै फेरिसक्थ्याे । तर दुषटहरूले सबै विगारे । अहिले केही काम नहुदा दुष्टहरूलाई हाईअसञ्चाे भएकाे छ । जनताले चुनावमा दुष्टहरूलाई उठनै नसक्नेगरी हराएमा मात्रै देशकाे मुहार फेरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर