छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु  – Nepal Press

छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु 

काठमाडौं । सुनसरी र ओखलढुंगाका छुट्टाछुट्टै स्थानमा  डुबेर दुई जनाको मृत्यु भएको छ । सुनसरीको इटहरीमा पाँच वर्षीय बालक र ओखलढुंगामा २५ वर्षिय युवकको डुबेर मृत्यु भएको हो ।
सुनसरीको इटहरी १५  आवाधी मधेसामा रहेको पोखरीमा डुबेर स्थानीय बच्चु चौधरीका ५ बर्षीय छोरा रोहित चौधरी अचानक पोखरीमा डुब्दा तत्काल उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घर नजिकै रहेको पोखरीमा अन्य बालकहरुसंगै खेल्दै गर्दा चौधरी अचानक पोखरीमा डुबेको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 त्यस्तै गरी ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–९ का २५ वर्षीय ज्ञान प्रसाद पहाडी स्थानीय मोलुङ खोलाको पानीमा डुबी रहेको अवस्थामा मृत फेला परेका छन् ।
शनिवार बेलुका ५ बजे घरबाट हिँडेका पहाडीको खोजतलास गर्ने क्रममा उनी साँझ पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेका थिए ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुङगाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर