अढाई वर्षीया बालिकालाई काठमाडौंमा पढाइ दिने भन्दै भारत पुर्‍याएको आरोपमा महिला पक्राउ – Nepal Press

अढाई वर्षीया बालिकालाई काठमाडौंमा पढाइ दिने भन्दै भारत पुर्‍याएको आरोपमा महिला पक्राउ

काठमाडौं । अढाई वर्षीया एक बालिकालाई काठमाडौंमा राखेर पढाइ दिने नाममा भारत पुर्‍याएको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

मानव बेचबिखन अपराध अनुसन्धान ब्यूरोको टोलीले ललितपुरको गोदावारीकी ४३ वर्षीया कल्पना विश्वकर्मालाई वैशाख १० गते पक्राउ गरेको हो । कल्पनाले ती बालिकालाई काठमाडौं ल्याएर चार दिन आफूसँग राखेपछि झापाको काँकडभिट्टा पुर्‍याएर सिलगुढी बस्ने महिलालाई जिम्मा लगाएको ब्यूरोले दाबी गरेको छ ।

ब्यूरोका अनुसार कल्पनाले गत चैत २९ गते मकवानपुरस्थित बालिकाको परिवारलाई भेटेर बालिकालाई काठमाडौं ल्याएकी थिइन् ।

बालिकाका आफन्तको कमजोर आर्थिक अवस्थाको फाइदा उठाउन खोजेको प्रहरीको दाबी छ । यसबीचमा कल्पनाले संस्थाले दिएको भन्दै बालिकाका परिवारलाई २० हजार रुपैयाँ पैसा पनि पठाई दिएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *