अटोमेटिक पेस्तोलसहित लेकसाइडबाट एकजना पक्राउ, १३ पटक मुद्दा खेपेको ट्रयाक रेकर्ड – Nepal Press

अटोमेटिक पेस्तोलसहित लेकसाइडबाट एकजना पक्राउ, १३ पटक मुद्दा खेपेको ट्रयाक रेकर्ड

काठमाडौं। पोखराको लेक साइडबाट अटोमेटिक पेस्तोलसहित एक व्यक्ति पक्राउ परेका छन् ।

कास्की प्रहरीले पोखरा महानगरपालिका-१८ सराङकोटका ३८ वर्षीय नरबहादुर विकलाई पक्राउ गरेको हो ।

विकले पोखरा महानगरपालिका-२४ स्थित बन्दै गरेको घरमा उक्त पेस्तोल लुकाएर राखेको अवस्थामा बरामद भएको कास्की प्रहरी प्रमुख मोहन थापाले जानकारी दिए ।

विकले यसअघि एक दर्जनभन्दा बढी पटक मुद्दा खेपिसकेका थिए । लागु औषधदेखि चोरी र लुटपाटसम्म उनी संलग्न रहँदै आएको एसपी थापाले जानकारी दिए ।

प्रहरीका अनुसार गत कात्तिक २२ गते मात्र विकविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो ।

लागू औषधमा ३ पटक, चोरी तथा डाँकामा ४ पटक र अन्य सार्वजनिक र अभद्र व्यवहार सम्बन्धी कसुरमा विकले मुद्दा खेपेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *