मेलाम्ची र इन्द्रावतीका ४९५ घरमा खानेपानी उपलब्ध – Nepal Press

मेलाम्ची र इन्द्रावतीका ४९५ घरमा खानेपानी उपलब्ध

सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोककाे मेलाम्ची नगरपालिका–१३ स्थित फटकशिलाका ३०० घरधुरीमा खानेपानी उपलब्ध गराइएको छ । नगरपालिकाको दुई करोडको लगानीमा बोरिङ गरी पानी उपलब्ध गराइएको हो ।

घरघरमा खानेपानीको धारा बनाइएपछि वर्षौँदेखि खानेपानी समस्यामा रहेका फटकशिलाका बासिन्दा घरघरमा पानी आएपछि हर्षित भएका छन् ।  नगरपालिकाको सबैभन्दा ठुलो खानेपानी आयोजना सम्पन्न भएकामा खुसी व्यक्त गर्दै पानी ट्याङ्की र धाराको संरक्षण गर्न स्थानीयवासीलाई  नगरप्रमुख डम्बर अर्यालले आग्रह गरेका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले मिटर हालिसकेपछि उठेको पैसाले आयोजना मर्मत गर्न सजिलो हुने बताए ।

यस्तै खानेपानीको हाहाकार भएको इन्द्रावती गाउँपालिका–१२ स्थित भिमटारका १९५ घरधुरीमा खानेपानीको धारा उपलब्ध गराइएको छ ।  ३७ लाखको लागतमा ८२ घनमिटरको ट्याङ्की बनाएर खानेपानी उपलब्ध गराएपछि स्थानीयवासी लाभान्वित भएका छन् ।

यस क्षेत्रमा खानेपानीको हाहाकार हुँदै आएकामा अहिले सफा र स्वच्छ पानी स्थानीयवासीले पिउन पाएका गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताए ।
वर्षौ देखी खानेपानीको समस्या झेल्दै आएका स्थानीयका घरघरमा खानेपानीका धारा बनाइएपछि सर्वसाधरण हर्षित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर