रमेशबाबुसहित रामेछापका चार नेता नेकपा एसको वागमती प्रदेश कमिटीमा मनोनीत – Nepal Press

रमेशबाबुसहित रामेछापका चार नेता नेकपा एसको वागमती प्रदेश कमिटीमा मनोनीत

रामेछाप । नेकपा एमालेको जिल्ला कमिटी सदस्य परित्याग गरेर नेकपा एसमा लागेका रामेछापका कुमार कँडेलसहित चारजना नेता नेकपा एसको प्रदेश कमिटी सदस्यमा मनोनीत भएका छन् ।

नेकपा एसको बुधवार बसेको वागमती प्रदेश कमिटी बैठकबाट रमेशबाबु श्रेष्ठ, कुमार कँडेल, ढालविक्रम कार्की र पुष्कर कँडेल प्रदेश सदस्यमा मनोनित भएका हुन् । कँडेलद्वय दोरम्बा शैलुङ गाउँपालिकाका हुन् भने श्रेष्ठ रामेछाप नगरपालिकाका हुन् ।

विगतमा वाम आन्दोलनको समर्थक रहेका व्यवसायी श्रेष्ठ नेकप एस गठनपछि सक्रिय राजनीतिमा लागेका हुन् । उनी रामेछापको वामपन्थी आन्दोलनका संस्थापक नेता नारायणबाबु श्रेष्ठका छोरा हुन् । उनी रामेछाप नगरपालिकाको मेयरका सम्भावित बलियो उम्मेदवार हुन् ।

नेकपा एसका पोलिटब्युरो सदस्य तथा रामेछाप जिल्ला सहइन्चार्ज होम बुढाथोकीले पछिल्लो समय रामेछापमा नेकपा एस बलियो बन्दै गएको र एमालेलगायतका पार्टीबाट विद्रोह गरेर नेकपा एसमा जनाधार भएका व्यक्तिहरु संलग्न भइरहेको बताए ।

केही दिनअघिमात्र एमाले वागमती प्रदेश कमिटी सदस्य झम्क कँडेल नेकपा एसमा प्रवेश गरेका थिए । उनलाई नेकपा एसले केन्द्रीय सदस्य बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर