तीन सांसदलाई सत्तामा अवसर दिँदै कर्णाली माओवादी – Nepal Press

तीन सांसदलाई सत्तामा अवसर दिँदै कर्णाली माओवादी

कोहीलाई मन्त्री त कोहीलाई समिति सभापति बनाइँदै

सुर्खेत । कर्णाली माओवादीले तीन सांसदलाई सत्तामा अवसर दिने भएको छ । जाजरकोटका कृष्णा शाह, रुकुम पश्चिमका रातो कामी र डोल्पाका वीरबहादुर शाहीलाई माओवादी मन्त्री, संसदीय समितिको सभापति र दलको प्रमुख सचेतकमा अवसर दिन लागेको हो ।

प्रमुख सचेतक ठम्मर विष्ट एमाले प्रवेश गरेपछि शाही र कामीलाई मन्त्री वा सचेतकमध्ये एक रोज्न भनिएको छ भने शाहलाई संसदीय समितिको सभापतिमा सिफारिस गर्ने निर्णय भएको माओवादीले जनाएको छ ।

कार्चेन लामाको ६ महिना अवधि पुगेपछि एकजनालाई असार १६ गते उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री बनाउने तयारी भएको बताइएको छ ।
कर्णाली माओवादी संसदीय दलका ११ सांसदमध्ये यी तीन सांसदले अहिलेसम्म सत्तामा अवसर पाएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर