कार्यदलमा आज पनि टीओआरमा जुटेन सहमति – Nepal Press

कार्यदलमा आज पनि टीओआरमा जुटेन सहमति

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन बसेको कार्यदलको बैठकमा आज पनि निष्कर्षविहीन भएको छ ।

कानून मन्त्रालयमा बसेको कार्यदलको बैठकमा सहमति नजुटेपनि छलफल सकारात्मक भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

उनले भने, ‘आज कांग्रेस थप लचक भएर आएको छ, उहाँहरूले गृहमन्त्रीको नाम नराख्ने भए उहाँ संलग्न भएको संस्थाहरूको नाम राखेर जाऔं भन्ने ढंगको प्रस्ताव ल्याउनुभएको छ । त्यसबारेमा हामी दुवै छलफल गरेर फेरि बस्ने कुरा भएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर