अदालत अगाडि जनकपुरधामका मेयरको धर्ना, सिरोहियालाई साधारण तारेखमा छाड्न माग – Nepal Press

अदालत अगाडि जनकपुरधामका मेयरको धर्ना, सिरोहियालाई साधारण तारेखमा छाड्न माग

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको विरोधमा जनकपुरधामका मेयर मनोज कुमार साह पनि धर्ना बसेका छन् ‌।

जिल्ला अदालत धनुषा अगाडि मेयर साह धर्ना बसेका हुन् । उनीसँगै केहि नगरवासी पनि धर्नामा छन् । सिरोहियालाई साधारण तारेखमा राखेर छाड्नुपर्ने मेयर साहको माग छ ।

मेयर साह भन्छन्, ‘नागरिकता नम्बरमा फरक छ भने त्यो त जिल्ला प्रशासन कार्यालयको त्रुटि हो । यसमा सिरोहिया जीको के दोष ? उहाँ त जनकपुरवासी हुनुहुन्छ । नेपाली नागरिक हुनुहुन्छ ।’

उनले राज्यले जनकपुरधाम र मधेशसँग विभेद गरिरहेको आरोप पनि लगाए । उनले राज्यले विभेदपूर्ण सिरोहियामाथि ढंगले चलाएको मुद्दा खारेज गर्नुपर्ने माग पनि गरे ।

नागरिकता कीर्ते सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई अदालतले प्रहरीलाई अनुसन्धान गर्न तीन दिनको म्याद दिएको थियो । आज पुनः म्याद थप्न प्रहरीले उनलाई अदालत ल्याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर