१५ वर्षीया किशोरी बलात्कार आरोपमा एकजना पक्राउ – Nepal Press

१५ वर्षीया किशोरी बलात्कार आरोपमा एकजना पक्राउ

पर्सा । पर्सामा १५ वर्षीया किशोरी बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  बहुदरमाई नगरपालिका–९ विश्रामपुर बस्ने ३५ वर्षीय सन्देश महतो छन् ।

कोईरीले ती किशोरीलाई विवाह गर्छु भनी झुठ्ठा प्रलोभनमा पारी नयाँ–नयाँ स्थानमा घुमफिर गराउने वहानामा बलात्कार गरेको खुल्न आएकाे प्रहरीले जनाएको छ । पटक–पटक बलात्कार गरेको भन्ने जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई वीरगञ्ज महानगरपालिका–१३ बाट पक्राउ गरको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सोमबार  पक्राउ कोईरीलाई  जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर