इजरायलको सपिङ सेन्टरमा हमला, चारजनाको मृत्‍यु – Nepal Press

इजरायलको सपिङ सेन्टरमा हमला, चारजनाको मृत्‍यु

काठमाडौं । इजरायलको बियरशेव सहरस्थित एक सपिङ सेन्टरमा भएको हमलामा चाजनाको मृत्‍यु भएको छ । सपिङ सेन्टर भित्र धारिलो हतियार लिएर छिरेका एक आक्रमणकारीले हतियार चलाउँदा तीनजना र आक्रमणकारीले चलाएको सवारीसाधनको ठक्कर लागेर एकजना गरी चारजनाको घटनास्थलमै मृत्‍यु भएको बिबिसीले जनाएको छ ।

आक्रमण गरी भाग्ने क्रममा स्थानीय एक ट्रक चालकले आक्रमणकारीलाई बन्दुक प्रहार गर्दा आक्रमणकारीको पनि मृत्‍यु भएको छ । इजरायलको आन्तरिक सुरक्षा एजेन्सीले जानाकारी गराएअनुसार आक्रमण मुहम्मद गालेब अहमद अबू अल्कियानले गरेका थिए ।

अल्कियानले यसअघि आतंकवादी संगठन आईएसलाई सहयोग गरेको अभियोगमा सन् २०१५ देखि २०१९ सम्म जेल सजाय भोगिसकेका छन् । सन् २०१९ यता उनी घटनास्थलभन्दा लगभग १२ किलोमिटर रहेको एक हाईस्कुलमा शिक्षकको रुपमा कार्यरत थिए ।

पछिल्लो समय इजरायलमा यसप्रकारका घटना भइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर