वीरगञ्ज महानगरका मेयरपछि दुई वडाध्यक्षसहित दजनौं नेता-कार्यकर्ता एमालेमा प्रवेश (सूचीसहित) – Nepal Press

वीरगञ्ज महानगरका मेयरपछि दुई वडाध्यक्षसहित दजनौं नेता-कार्यकर्ता एमालेमा प्रवेश (सूचीसहित)

काठमाडौं । वीरगञ्ज महानगरका मेयर विजय सरावगी एमाले प्रवेश गरेको केही दिनपछि थप दुई वडाका वडाध्यक्षसहित दजनौं जनप्रतिनिधि एवं नेता–कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

महानगरपालिका– २८ का वडाध्यक्ष जयनारायणसिंह कुर्मी र वडा नम्बर २५ का वडाध्यक्ष विश्वराजप्रसाद कुर्मीसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेहरुमा जसपा प्रदेश सदस्य अजय साह, पर्साका जिल्ला समन्वय समितिका सदस्य अमोर यादवसँगै विभिन्न वडाका वडा सदस्यहरु रहेको एमाले पर्साले जनाएको छ ।

उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् । ओलीनिवास बालकोटमा एक कार्यक्रमबीच उनीहरु एमाले प्रवेश गरेका हुन् ।

हेर्नुहोस् विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका नेता कार्यकर्ताको सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर