माधव नेपाललाई ओलीको जवाफ– प्रधानमन्त्री खान नपाएर दमको बिरामी जस्तो हर्‍याकहर्‍याक गर्दैछन् (भिडिओ) – Nepal Press

माधव नेपाललाई ओलीको जवाफ– प्रधानमन्त्री खान नपाएर दमको बिरामी जस्तो हर्‍याकहर्‍याक गर्दैछन् (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै प्रधानमन्त्री खान नपाएर हर्‍याकहर्‍याक गरिरहेको टिप्पणी गरेको छन् ।

एमाले रसुवाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू अहिले प्रधानमन्त्री दौडमा नरहेको बताए ।

उनको भनाइ जस्ताको तस्तैः

मैले सरकारको नेतृत्व छाडेपछि देशको अर्थतन्त्र ध्वस्त भयो । हामीले हेरिरहेका थियौं, गठबन्धनले चलाइराखेको छ चलाओस् भनेर । तर, गठबन्धन कोही यता तान्या छ, कोही उता तानेको छ, मन्त्री हुनेभन्दा अरु केही कुरै छैन ।

अहिले पनि तपाईंहरुले देखिराख्नुभएको छ, एक जना मान्छे कराउँदै हिँडेका छन्, मलाई प्रधानमन्त्री हुन आँट्यो भनेर केही मान्छेलाई पीर प¥या छ, पोल्या छ भत्भत भनेर, कता प्रधानमन्त्री हुन आँटेको हो ? म त कहीँ पनि देख्दिनँ, उनलाई आफैंलाई त्यस्तो लागिरहेको छ, प्रधानमन्त्री हुन आँटे भन्ने । अरुले मन पराएका छैनन् भन्ने कस्तो नथापाको ।

मलाई अचम्म लाग्छ, किन त्यस्तो हतार छ ? कसले रिस गर्‍यो ? किन रिस गर्‍यो ? हामी अहिले एउटा अभियानमा छौं, यो देश प्रधानमन्त्री हुनमात्रै हो, प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक दमको बिरामीले जस्तो गर्दैछन् । प्रधानमन्त्री, प्रधानमन्त्री भन्छन् । मलाई पनि भनिएको थियो, प्रधानमन्त्रीको समय बाँडिचुँडी खाऔं भनेर । मैले भनें, म प्रधानमन्त्रीको लागि होइन, गठबन्धन ढल्यो, खरानीको डल्लो थियो, फुट्यो । अब सरकार चलाएर देश बनाएर जनताको समस्या समाधान गर्नतिर लाग्नुपर्‍यो ।


प्रतिक्रिया

One thought on “माधव नेपाललाई ओलीको जवाफ– प्रधानमन्त्री खान नपाएर दमको बिरामी जस्तो हर्‍याकहर्‍याक गर्दैछन् (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर