श्रीमती हत्या आरोपमा नेम्बाङ पक्राउ – Nepal Press

श्रीमती हत्या आरोपमा नेम्बाङ पक्राउ

पाँचथर । श्रीमती हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय पाँचथरले एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको फाल्गुनन्द गाउँपालिका–३ खोपाङ्गे टोलका ३५ वर्षीय दिलिप नेम्बाङलाई प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार बेलुकी अन्दाजी ५ बजेतिर निशा बेपत्ता भएको भन्दै प्रहरी चौकी पौवासारतापमा स्थानीयले जानकारी गराएका थिए । लगत्तै जिल्ला प्रहरी कार्यालय र पौवासारतापको टोली खोजतलासमा जुटेको थियो ।

सोही क्रममा निशाको शव घरदेखि अन्दाजी ५ सय मिटर टाढा रहेको सार्की खोल्सास्थित ओढारमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रवक्ता डम्बर विश्वकर्माले जानकारी दिए । सामान्य विवादको क्रममा नेम्बाङले ३९ वर्षीया श्रीमती निशा थेबेको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा दिलिपले स्वीकारेको विश्वकर्माको भनाइ छ ।

उनका अनुसार पत्करले छोपिएको अवस्थामा शव फेला परेको थियो । दिलिपविरुद्ध प्रहरीले अ‌ाइतबार जिल्ला अदालत पाँचथरबाट अनुसन्धानका लागि म्याद थप अनुमति लिने तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर