जनकपुर क्षेत्रमा आज होली मनाइँदै – Nepal Press

जनकपुर क्षेत्रमा आज होली मनाइँदै

जनकपुरधाम । मधेस प्रदेशको राजधानी समेत रहेको जनकपुरधाममा रंगहरुको महापर्व होली होली मनाइँदैछ । पहाडी जिल्लाहरुमा बिहीबार र जनकपुरधाम बाहेक मधेसका जिल्लाहरुमा शुक्रबर होली मनाइएको छ ।

तर शुक्रबार १५ दिने मिथिलामा माध्यमिकी परिक्रमा समापन भएकाले जनकपुरधाम क्षेत्रमा आज हर्षोल्लासपूर्वक होली मनाइँदैछ ।

परिक्रममा श्रद्धालु आउने भएकाले जनकपुरधाम क्षेत्रमा स्थानीय प्रशासनले बिहीबार र शुक्रबार सूर्याेदयदेखि सूर्यास्तसम्म माँस–मदिरा खरिद विक्री र सेवनमा प्रतिबन्ध लगाएको थियो ।

त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रहलादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रल्हादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफै आगोमा भष्म भएकी थिइन् । त्यसैले असत्यमाथि सत्यको विजय भएको सम्झनामा हरेक वर्ष फागुन पूर्णिमाको दिन होली मनाउने चलन छ ।

नारद पुराण र भविष्य पुराणमा होलीको महत्व अनि चलनको चर्चा गरिएको छ, भगवान श्रीकृष्णलाई दुध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको थियो । यसरी पुतनाको बध भएपछी गोपालवासीहरुले जयजयकार गर्दै आजको दिनको रंगीन उत्सव मनाइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर