न्याय र समानताको आवाजसहित तस्बिरमा ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस – Nepal Press

न्याय र समानताको आवाजसहित तस्बिरमा ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस

काठमाडौं । ‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ नाराका साथ आज ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ ।

विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ ।

नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा पनि महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । आज महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले र्‍याली गोष्ठी तथा अन्तक्रिर्या कार्यक्रमको आयोजना गरेका छन् ।

मंगलबार बिहान शक्ति समूह, शुभ अवसर ग्राम नेपाल, शक्ति मिलन समाज, थ्री एन्जल्स नेपाल, नेपाल महिला एकता समाज, महिलाको निम्ति महिला मन्च नेपाल लगायतका महिलासँग सम्बन्धित समूहहरुले र्‍याली निकालेको थियो । र्‍याली भद्रकालीदेखि सुरु भएर खुल्लामन्चमा सभामा परिणत भएको थियो ।

यालीमा सहभागी विभिन्न संगठनमा आवद्ध महिला पुरुषले महिलाको श्रमको पहिचान, मान्यता, रोजाइको काम गर्न पाउने अधिकार, विभेद, दुर्व्यवहारमुक्त कार्यस्थल एवम शरीरमाथि आफ्नो अधिकार, लैंगिक समानताको दिगो अधिकारलगायतको पम्मप्लेट बोकेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर