कर्णाली प्रदेशसभा बैठक बस्दै – Nepal Press

कर्णाली प्रदेशसभा बैठक बस्दै

सुर्खेत । कर्णाली प्रदेशसभाको दशौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । फागुन १६ गते बसेको वैठकलाई नेकपा एमालेले सात बुँदे सहमति कार्यान्वयनबारेमा भएको प्रगति सदनमा प्रस्तुत गर्नुपर्ने भन्दै माग राखेपछि अवरुद्ध भएको थियो ।

एमालेले सरकार र प्रमुख प्रतिपक्षी दलबीच माघ १८ गते भएको सहमतिअनुसार सातौं बुँदामा सरकारले गरेको प्रतिबद्धता सम्बन्धमा संसद सचिवालयलाई जानकारी दिने प्रतिबद्धता उल्लेख भएको छ । सोही प्रतिबद्धता अनुसार सरकारले सचिवालयमा भएको प्रगतिका बारेमा कुनैपनि विवरण सचिवालयलाई उपलब्ध नगराएको बताउँदै एमालेले लिखित प्रगति माग गरेको छ ।

एमालेले सदन अवरुद्ध गरेकै दिन मुख्यमन्त्री जीवनबहादुर शाहीले गरेको पत्रकार सम्मलेनमा प्रमुख प्रतिपक्षी दल एमालेसँगको सहमति अनुसार झण्डै ८४ करोड रकम फिर्ता ल्याइएको दाबी गरेका थिए । उनले एमालेकै सांसदहरुले जनतामाझ गएर टुक्रे आयोजना काँग्रेसले काटेको हो भन्दै प्रचार गर्दा आफू दुःखी भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर