साढे चार करोड भ्रष्टाचार गरेको अभियोगमा पूर्वमन्त्री श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता – Nepal Press

साढे चार करोड भ्रष्टाचार गरेको अभियोगमा पूर्वमन्त्री श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध करिब साढे चार करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ । गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

श्रेष्ठले शिक्षकहुँदै मन्त्री पदमा बहाल रहँदा चार करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ ९८ पैसा बराबर रकम पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी रूपमा आर्जन गरेको प्रमाणसहित मुद्दा दर्ता गरेको आयोगका प्रवक्तासमेत रहेका सहसचिव श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

श्रेष्ठ शिक्षकहुँदै शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीमा पुगेका थिए ।

प्रवक्ता भण्डारीका अनुसार श्रेष्ठ २०२६ साल चैत १८ गतेदेखि सरकारी सेवामा प्रवेश गरी २०३६ साल कात्तिक २६ गते शाखा अधिकृत पदमा नियुक्त भएका थिए ।

उनी २०६९ चैत ६ गतेदेखि २०७० साल माघ २९ गतेसम्म पर्यटन, शान्ति तथा खेलकुदमन्त्री भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर