गीतकार शान्तिराम भट्टराईको गीति एल्बम ‘भाग्य लेख्ने मसी’ सार्वजनिक – Nepal Press

गीतकार शान्तिराम भट्टराईको गीति एल्बम ‘भाग्य लेख्ने मसी’ सार्वजनिक

काठमाडौं । गीतकार शान्तिराम भट्टराईको पहिलो सांगीतिक एल्बम ‘भाग्य लेख्ने मसी’ को सार्वजनिक भएको छ ।

प्रजातन्त्र दिवसको अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उक्त गीति एल्बम सार्वजनिक भएको हो । गीतकार संघका पूर्वअध्यक्ष वरिष्ठ गीतकार चुडामणि देवकोटा र वरिष्ठ संगीतकार शक्ति बल्लभले एल्बमको विमोचन गरेका हुन् ।

उक्त एल्बममा पाँच गीत समावेश छन् । सबै गीतलाई भट्टराईले लेखेका हुन् भने संगीत संयोजन मनाेहर सुनाम र निरज श्रेष्ठकाे रहेकाेछ । संगीतकार शक्तिबल्लभ हुन् । शिशिर योगी, प्राश्ना शाक्य, सुमित खड्का, रुपक डोटेल, निशान भट्टराई आदिको सुमधुर आवाज छ । रेडियो कान्तिपुरको ‘सेलेव्रिटी आवर’ कार्यक्रममार्फत एल्बम विमोचन गरिएको हो ।

उक्त एल्बममा भाग्य लेख्ने मसी, एैसेलुको बोट, आज मलाई यही माटोमा, अनायासै मेरा हात र पिपलको शितल छायाँले गरि पाँच सांगीतिक कोसेली समावेश छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर