एमसीसी ६ गते टेबल हुन्छ, सहमतिको प्रयास गर्छौं : कानूनमन्त्री बडू (भिडिओ) – Nepal Press

एमसीसी ६ गते टेबल हुन्छ, सहमतिको प्रयास गर्छौं : कानूनमन्त्री बडू (भिडिओ)

काठमाडौं । कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले अमेरिकी सहायता परियोजना (एमसीसी )संसदमा टेबल गर्नुपर्ने बताएका छन् । बुधबारको बैठकमा एमसीसी टेबल नभएपछि संवाददाताहरुसँग कुरा गर्दै मन्त्री बडूले विवादबारे बहस गर्न पनि संसदमै लैजानुपर्नेमा जोड दिए।

‘यो संसदमा टेबल हुनुपर्छ,’ उनले भने, ‘संसद सार्वभौम संस्था हो । बाहिरको बहस टुंग्याउनका लागि पनि सदनमै जानुपर्छ ।’ बडूले थप छलफलका लागि शुक्रबारसम्म बैठक स्थगन गरेको र त्यतिबेलासम्म सहमतिको प्रयास गर्ने बताए।

‘छलफलका लागि अरु समय चाहिन्छ भने पछि हामीले थप एक दिनको समय दियौं’ , उनले भने, ‘६ गतेको बैठकमा टेबल हुन्छ । यसका लागि हामी प्रयास गर्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर