जसपा नेता भन्छन्- महाअभियोगबारे गठबन्धनमा छलफल भएको होइन, उपेन्द्र र बाबुराम अनविज्ञ – Nepal Press

जसपा नेता भन्छन्- महाअभियोगबारे गठबन्धनमा छलफल भएको होइन, उपेन्द्र र बाबुराम अनविज्ञ

काठमाडौं । सत्ता गठबन्धनका तीन मुख्य घटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दर्ता गरेको प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्धको महाअभियोग प्रस्तावबारे कुनै छलफल नभएको जनाएको छ ।

महाअभियोगमा सत्ता गठबन्धनकै जसपाका सांसदको हस्ताक्षर छैन । सत्ता गठबन्धनमा छलफल भएर महाअभियोग प्रस्ताव नआएको जसपा केन्द्रीय सदस्य विश्वदीप पाण्डेले बताए । उनले पार्टीका शीर्ष नेतालाई पनि यसबारे जानकारी नरहेको नेपाल प्रेसलाई बताए ।

पाण्डेले भने– मैले अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराईसँग पनि सोधेँ । उहाँहरुलाई पनि जानकारी रहेनछ । यो तीन पार्टीका सांसदहरुले मात्र ल्याएको महाअभियोग हो ।

जसपाले महाअभियोगबारे आफ्नो धारणा आधिकारिक रुपमा तय गर्न बाँकी रहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर