मिनभवनबाट हराए ११ वर्षीय अभिषेक, खोजीदिन परिवारको आग्रह – Nepal Press

मिनभवनबाट हराए ११ वर्षीय अभिषेक, खोजीदिन परिवारको आग्रह

काठमाडौं । नयाँ बानेश्वरको मिनभवनस्थित पानीट्यांकी छेउबाट ११ वर्षीय बालक अभिषेक तामाङ हराएका छन् ।

सोमबार बिहान करिब ७ बजे दिदी सम्झनाले बताइन् । कमर्श क्याम्पसअगाडिको गल्लीको एक घरमा दाइ निमा तामाङसँगै बस्दै आएका दोलखाका उनी हिजो कसैलाई नसोधी कोठाबाट निस्किएको दिदीले बताएकी छन् ।

कोटेश्वरको ज्योती ट्युसन सेन्टरमा पढ्दै आएका उनलाई दाइले नै पुर्‍याउने गरेकोमा हिजो उनी एक्लै निस्किएको भन्दै अनुसन्धान साथै खोजीका लागि दिदीले प्रहरी वृत्त बानेश्वरमा सोमबार नै निवेदन दिएको बताएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर