फेसबुक प्रयोगकर्ताको संख्यामा उच्च गिरावट : टीकटक र ब्रान्ड परिवर्तन मुख्य कारण – Nepal Press

फेसबुक प्रयोगकर्ताको संख्यामा उच्च गिरावट : टीकटक र ब्रान्ड परिवर्तन मुख्य कारण

काठमाडौं । सामाजिक संजाल फेसबुकको १८ वर्षे इतिहासमा दैनिक प्रयोगकर्ताको संख्यामा गिरावट आएको पाइएको छ ।

फेसबुकको माउ कम्पनी मेटा नेटवर्कको विवरणअनुसार पछिल्लो डिसेम्बरसम्मको तीन महिनामा प्रयोगकर्ताको संख्या घटेर १.९२९ बिलियन पुगेको छ जुन अघिल्लो त्रैमासिकमा १.९३० बिलियन थियो ।

अन्य दुई प्रतिस्पर्धी सामाजिक संजालहरु टीकटक र युट्युवको कारण आगामी दिन फेसबुकको प्रयोगकर्तामा थप गिरावट आउने प्रक्षेपण पनि मेटा नेटवर्कले गरेको छ ।

विज्ञापनदाताले फेसबुकमा गर्ने लगानी पनि घटिरहेको छ । केही घण्टाको कारोबारपछि न्यूयोर्क स्टक एक्सचेन्जमा मेटा कम्पनीको सेयर २० प्रतिशतले घटेको छ ।

अहिले मेटाको स्टक मार्केट मूल्य २०० बिलियन डलर छ । ट्वीटर, स्न्याप र पिनट्रेस्टजस्ता अन्य संजालका कम्पनीको सेयर बजार पनि घटेको छ । खासगरि युवा प्रयोगकर्ता फेसबुकका अन्य प्रतिस्पर्धी संजालतर्फ आकर्षित भएपछि फेसबुक प्रयोगकर्ताको संख्यामा कमी आएको हो ।

गुगलपछि विश्वकै ठूलो डिजिटल विज्ञापन प्लेटफर्म रहेको फेसबुकले एप्पलले आफ्नो अपरेटिङ सिस्टममा परिवर्तन गरेपछि आफू प्रभावित भएको जनाएको छ ।

बीबीसीका प्रविधि विश्लेषक जेम्स क्लेटनले युवापुस्ता टीकटक एपतर्फ आकर्षित भएपछि फेसबुक प्रयोगकर्ताको संख्यामा भारी कमी आएको बताउँछन् । नाम परिवर्तन गरेर कम्पनीको नाम मेटाभर्स राख्नु पनि अर्को कारण रहेको उनको अनुमान छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर