युएईमा अमेरिकाले मिसाइललाई रोक्ने क्षेप्यास्त्र र लडाकु जहाज पठाउने


दुबई । हुथी विद्रोहीले थप हमला गर्ने चेतावनी दिएपछि अमेरिकाले संयुक्त अरब इमिरेट्स (युएई)मा मिसाइललाई प्रहारलाई रोक्न सक्ने क्षेप्यास्त्र र पाँचौ पुस्ताका लडाकु विमान पठाउने भएको छ ।
मंगलबार भएको टेलिफोन संवादमा अमेरिकी रक्षामन्त्री लोएड अस्टिन र अबुधावीका राजकुमार अबु बिन जायद अल नाएनलाई उक्त जानकारी दिएका हुन् । युएईको नौसेनासँग पेन्टागनले साझेदारी गर्न लागेको जानकारी उनले दिए ।
उक्त संवादमा रक्षामन्त्री लोएडले अबुधाबीमा पाँचौ पुस्ताका लडाकु जहाजहरु समेत पठाउने बताए । पठाउने भनिएका ती जहाजमा अमेरिकामै निर्मित एफ-२२ राफ्टर र एफ-३५ लाफ्टिङ लडाकु जहाज रहेको पेन्टागनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो साताको मंगलबार हुथी विद्रोहीले युएईमा गरेको तेस्रोपटकको आक्रमणपछि अमेरिकाले लडाकु जहाज पठाउने निर्णय गरेको हो । यमनसँग सीधै सिमाना नरहेको युएईले सन् २०१५ यता कुनै आक्रमण ब्योहोर्नुपरेको थिएन ।
जनवरी १७ मा हुथी बिद्रोहीले अबुधाबीको तेल भण्डारणमा गरेको आक्रमणमा तीन विदेशीको मृत्यु भएको थियो । युएईमा अहिले २ हजार जना अमेरिकी सेना परिचालन भएका छन् ।