कर्मचारीमा कोभिड संक्रमणपछि थाई दूतावास १२ दिन बन्द रहने

२०७८ माघ १३ गते १२:३४

काठमाडौं । कर्मचारीमा कोभिड-१९ संक्रमण देखिएपछि काठमाडौंस्थित थाइल्यान्डको दूतावास १२ दिन बन्द रहने भएको छ ।
दूतावासले विज्ञप्ति जारी गर्दै २६ जनवरीदेखि बन्द रहेको दूतावास ६ फेब्रुअरीसम्म बन्द हुने जनाएको छ ।
बन्दको समयमा अत्यावश्यक बाहेकका भिसा प्रक्रिया र अन्य सेवाग्राही कार्य बन्द रहने उल्लेख छ । जर्मनी दूतावासले चाहिँ माघ ७ गतेदेखि अनिवार्य खोप लगाएकालाई मात्र भिसा प्रक्रियामा सामेल गर्ने जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर