५० लाख ठगी मुद्दामा सांग्रिला डेभलपमेन्ट बैंक घोराहीका म्यानेजर पनि मुछिए – Nepal Press

५० लाख ठगी मुद्दामा सांग्रिला डेभलपमेन्ट बैंक घोराहीका म्यानेजर पनि मुछिए

दाङ । ५० लाख ठगी अभियोगमा पक्राउ परेका विकास पुनको वयानका आधारमा सांग्रिला डेभलपमेन्ट बैंक घोराहीका म्याजेनर सुदर्शन विष्ट पनि तानिएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङले विष्टलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले विष्टलाई आइतबार विहान पक्राउ गरिएको पुष्टि गरे ।

उनले ठगी आरोपमा समातिएका पुनको पैसा आदानप्रदान गर्ने कार्यमा विष्टले सघाएको भेटिएपछि सोधपुछका लागि नियन्त्रणमा राखिएको जानकारी दिए ।

ठूलो रकम स्रोत पुष्टि नगरेर बैंकमार्फत पुनलाई दिएको अनुसन्धानको क्रममा खुलेकाले म्यानेजर विष्टमाथि छानविन हुन लाागेको हो । ठगी आरोपमा लामो समयदेखि फरार रहेका पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको सुन्धारा क्षेत्रबाट पक्राउ गरी केहि दिनअघि दाङ लगेको थियो ।

कपिलबस्तु जिल्लाको बाणगंगा ४ का तिलक थापाले दिएको ठगी मुद्दाको जाहेरीका आधारमा पुनलाई सीआईबीले काठमाडौंमा पक्राउ गरेको हाे । घोराही उपमहानगरपालिका–१५ का पुनकाविरुद्ध कपिलबस्तुका थापाले ४९ लाख ५० हजार ठगी गरेको भन्दै उजुरी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *