क्रिप्टो करेन्सीको कारोबार आरोपमा तीनजना पक्राउ – Nepal Press

क्रिप्टो करेन्सीको कारोबार आरोपमा तीनजना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्वतको फलेबासका २१ वर्षीय राजन भट्टराई, सुनसरीको इटहरीका २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौँको थापाथलीका २७ वर्षीय दीपेनराज श्रेष्ठ रहेका छन् ।

प्रहरीका अनुसार राजनले हालसम्म ९ सय ७५ जनासँग एक हजार ९ सय २६ पटक कारोबार गरेको देखिएको छ। उनीहरुमाथि बैंक तथा वित्तिय संस्थासम्बन्धी ऐन २०७३ अनुसार अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

यो पनि पढ्नुहोस्ः क्रिप्टोको पासोमा कसिँदै नेपाल– कसरी जोगाउने जनता र अर्थतन्त्र ?

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर