क्रिप्टोको पासोमा कसिँदै नेपाल– कसरी जोगाउने जनता र अर्थतन्त्र ? – Nepal Press
नेपाल चिन्तन

क्रिप्टोको पासोमा कसिँदै नेपाल– कसरी जोगाउने जनता र अर्थतन्त्र ?

विकासोन्मुख देशहरुको नयाँ चुनौती बन्दैछ क्रिप्टो करेन्सी

सन् २००९ मा जापानी नागरिक भनिएका सतोसि नाकामोतोले सुरु गरेको ब्लक चेन प्रविधिमा अधारित र विकेन्द्रीकृत डिजिटल मुद्राले आज विश्व अर्थतन्त्रमा १ दशमल ११ ट्रिलियन डलर बराबरको हिस्सा ओगटेको अनुमान गरिएको छ ।

कतिपय देशका केन्द्रीय बैंकहरुले यस्तो डिजिटल मुद्रालाई अवैध घोषणा गरिसकेका छन् भने कतिपय देशहरुले कारोबार गर्न प्रतिबन्ध नलगाए पनि कानूनी मान्यता दिएका छैनन् ।

भारतलगायत धेरै देशहरुले क्रिप्टो मुद्राको प्रयोग र कारोबारलाई पूर्णतया प्रतिबन्ध लगाउने आन्तरिक तयारी गरिरहेका छन् । तर पनि यीनै देशहरुमा समेत यस्ता मुद्राहरुको अवैध कारोबार दिन दुईगुना रात चारगुनाको दरले बढिरहेको छ ।

यो भर्चुअल वा काल्पनिक हुन्छ । यसलाई कम्प्युटरमा यसरी कोडिङ गरिएको मानिएको छ कि, कसैले मेटाउन वा फेरबदल गर्न सक्दैनन् भन्ने विश्वास दिलाइएको हुन्छ । यो मुद्राको मुुद्रणलाई मानिङ भनिन्छ जुन झट्ट सुन्दा खानी उत्खनन् गरेजस्तो लाग्छ तर वास्तवमा यो कम्प्युटरमा गरिएको प्रोग्रामिङ मात्र हो ।

कतिले यस्तो (जुवा) गेम्बलिङबाट मनग्ये आम्दानीसमेत गरेका छन् । नेपालमा कानूनी रुपमा क्रिप्टो मुद्रालाई मान्यता दिइएको छैन तर अवैध रुपमा अरबौंको कारोबार भैरहेको छ । नेपाल जस्तो विकासोन्मुख देश– जसका विदेशी मुद्रा आर्जन गर्ने सीमित स्रोत र साधनहरु हुन्छन्, त्यस्ता देशहरुले सीमाविहीन विदेशी मुद्राको खर्च तथा कारोबारमा विशेष निगरानी र अनुगमन गर्नु जरुरी छ ।

के हो क्रिप्टो करेन्सी ?

परम्परागत मुद्रा भौतिक रुपमा मुद्रण गरिएको हुन्छ । जसलाई आमरुपमा देख्न, छुन वा महसुस गर्न सकिन्छ । अहिले विश्वमा सबैभन्दा प्रचलित मुद्रा पनि यही हो । यही भौतिक मुद्राको हवालामा डिजिटल पेमेन्ट सिस्टम चलाइएको हुन्छ । यो डिजिटल भुक्तानी प्रणाली हो ।

डिजिटल भुक्तानी प्रणाली र डिजिटल मुद्रामा झुक्किनु भने हुँदैन । यिनको उत्पादन, प्रयोग र नियमन बिल्कुल फरक–फरक हुन्छ । क्रिप्टो करेन्सी भनेको त्यस्तो मुद्रा हो जुन छुन, देख्न वा महसुस गर्न सकिँदैन । यो कम्प्युटर कोडिङको रुपमा उत्पादन गरिएको हुन्छ । र विकेन्द्रिकृत ब्लक चेन प्रविधिमा प्रबिष्ट गरिएको हुन्छ ।

एक अर्थमा भन्नुपर्दा यो भर्चुअल वा काल्पनिक हुन्छ । यसलाई कम्प्युटरमा यसरी कोडिङ गरिएको मानिएको छ कि, कसैले मेटाउन वा फेरबदल गर्न सक्दैनन् भन्ने विश्वास दिलाइएको हुन्छ । यो मुद्राको मुुद्रणलाई मानिङ भनिन्छ जुन झट्ट सुन्दा खानी उत्खनन् गरेजस्तो लाग्छ तर वास्तवमा यो कम्प्युटरमा गरिएको प्रोग्रामिङ मात्र हो ।

तसर्थ के बुझ्नु पर्यो भने तपाइँले भौतिक मुद्रा खर्च गरेर कुनै अलग्गै पहिचानसहितको नम्बर वा आईडी प्राप्त गर्नुहुन्छ, जसको मूल्य बजारले निर्धारण गरेको हुन्छ ।

उदाहरणको लागि यदि आजको मितिमा कसैले बिटक्वाइन नामको एक युनिट क्रिप्टो करेन्सी किन्न चाहन्छ भने उसले नेपाली रुपैयाँ ५० लाख १३ हजार ४४१ भौतिक रुपमा (साच्चिँकै) खर्च गरेपछि उसलाई एक २६ देखि ३५ अंकको अल्फान्युमेरिक अलग्गै पहिचान नंम्बर प्राप्त हुन्छ, जसलाई बिट क्वाईन एड्रेस भन्ने गरिन्छ र यो कम्प्युटरमा मात्र स्टोर गर्न सकिन्छ ।

बस् यही नम्बर हो, पचास लाखभन्दा बढीमा खरिद गरिएको क्रिप्टो करेन्सी । आज ५० लाख भएको क्रिप्टोको मुख्य भोलि ४० लाख पनि हुन सक्छ वा ६० लाख पनि हुन सक्छ । यसको मूल्य अन्तर्राष्ट्रिय बजारले निर्धारण गरेको हुन्छ । जसमा तपाईको कुनै भूमिका हुदैन । यहाँसम्म कि यसको मूल्य किन बढ्छ वा किन घट्छ कसैलाई थाहा पनि हुँदैन ।

के शेयर, मुद्रा बजार र क्रिप्टो करेन्सी उस्तै हो ?

शेयर बजार डिजिटल्ली किनबेच हुने भए पनि यसको भौतिक अस्तित्व कायम हुन्छ । यदि कुनै व्यक्तिले कुनै कम्पनीको शेयर किन्छ भने त्यसको अंकित मूल्य (बजार मूल्य होइन) बराबरको हिस्सा सो कम्पनीमा रहन्छ ।

सो कम्पनीको नाफा नोक्सान र स्थायित्वले शेयरको मूल्य निर्धारण गरेको हुन्छ । शेयर बजार भौतिक संसारमा आधारित हुन्छ भने क्रिप्टो करेन्सीमा त्यस्तो कुनै कम्पनी वा स्वामित्व हुँदैन । सम्पत्ति भनेको त्यहीं युनिक नम्बर मात्र हुन्छ ।

अर्कोतिर संसारका धेरै देशका मुद्राहरु, जस्तैः अमेरिकी डलर, ब्रिटिस पाउण्ड, युरोलगायतका मुद्राहरु पनि बजारमा कारोबार गरिन्छ । यसको मूल्य निर्धारण ती देशहरुको विविध आर्थिक सूचकांकको आधारमा गरिन्छ । यिनको कारोबार डिजिटल्ली भए पनि भौतिकरुपमा रुपान्तरण गर्न सकिन्छ । नाफा वा घाटा किन र कसरी हुन्छ भन्ने अनुमान लगाउन सकिन्छ ।

विश्व बजारमा क्रिप्टो करेन्सीको वर्तमान अवस्था

अहिले विश्वका करिब ८७ देशमा ८ हजार प्रकारका क्रिप्टो करेन्सीहरुको कारोबार हुने गरेको पाइएको छ । यसमा हाइपर फण्डको हिस्सा अझ अलग्गै छ । अधिकांश देशहरुमा यस्तो कारोबारलाई कानूनी संरक्षण भने छैन । यदि क्रिप्टो होल्डिङ वा कुनै छलकपटका कारण त्यहाँका नागरिकले कुनै नोक्सानी बेहोर्नु परेमा कानूनतः उपचार प्राप्त गर्न सक्दैनन् ।

यो आलेख तयार पार्दासम्म आंशिक रुपमा एल साल्भाडोरबाहेक कुनै पनि मुलुकले क्रिप्टोकोे कारोबारलाई कानूनी मान्यता दिएको छैन । भियतनाम, टर्की, रसिया, नर्थ म्यासेडोनिया, इराक, इन्डोनेसिया, बोलिभिया, अल्जेरिया, कोसोभो, भारत, नेपाल, चीन र इजिप्ट जस्ता कैयौं देशहरुले क्रिप्टोको कारोबार अवैध मानेका छन् । तर यी सबै देशहरुमा अवैध कारोबार भने दिन दुईगुना रात चारगुनाका दरले भइरहेको छ ।

उदाहरणको लागि यदि आजको मितिमा कसैले बिटक्वाइन नामको एक युनिट क्रिप्टो करेन्सी किन्न चाहन्छ भने उसले नेपाली रुपैयाँ ५० लाख १३ हजार ४४१ भौतिक रुपमा (साच्चिँकै) खर्च गरेपछि उसलाई एक २६ देखि ३५ अंकको अल्फान्युमेरिक अलग्गै पहिचान नंम्बर प्राप्त हुन्छ, जसलाई बिट क्वाईन एड्रेस भन्ने गरिन्छ र यो कम्प्युटरमा मात्र स्टोर गर्न सकिन्छ ।

सन् २००९ को जनवरीबाट सुरु भएको पहिलो क्रिप्टो बिटक्वाईन आज करिब ४२ हजार ९९० अमेरिकी डलरमा कारोबार भएको छ । यो मूल्य १४ अप्रिल २०२१ मा ६४ हजार ८०० अमेरिकी डलर थियो । त्यस्तै जुलाई २०१५ मा सुरु भएको इथेरियम आज ३२०४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सन् २०२० मा सुरु गरिएको येर्न फाईनान्सको आजको मूल्य ३४ हजार १०७ अमेरिकी डलर छ । यसलाई सबैभन्दा छिटो मूल्य बढेको क्रिप्टो मानिन्छ । अमेरिका, जर्जिया, काजकिस्तान, क्यानडा, चीन, जापान, भेनेजुयला जस्ता देशहरुमा सबैभन्दा बढी क्रिप्टो माईनिङ भइरहेको छ ।

क्रिप्टो कारोबारमा सबैभन्दा अगाडि भने भारत छ । इन्डिया टुडेले गरेको एक सर्वेक्षणले भारतमा करिब १० करोड मानिससँग कुनै न कुनै प्रकारको क्रिप्टो भएको देखिएको थियो । गत सेप्टेम्बरमा चीनले क्रिप्टो माइनिङ बन्द गरेपछि अमेरिकाले सो स्थान लिएको छ । भनिन्छ, ३५ हजार चिनियाँहरु यसै प्रयोजनको लागि अमेरिका बसाइँ सरेका छन् ।

नेपालमा कसरी कारोबार भैरहेको छ त ?

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको व्यापार वा अवैध कारोबारलाई प्रभावकारीरुपमै नियमन र नियन्त्रण गरेको छ । नेपालमा विदेश भ्रमण गर्ने प्रयोजनको लागि पासपोर्ट सुविधाअन्तरगत र आयात गर्ने प्रयोजनको लागि एलसी वा टिटीबाहेक अन्य कुनै किसिमबाट पनि विदेशी मुद्राको सटही गर्न पाइँदैन ।

नेपालबाट विदेशतर्फ विदेशी मुद्रा पठाउन नपाएपछि विदेशमा किन्नुपर्ने क्रिप्टो कसरी किन्न सकिएला भन्ने अनुमान लगाउने गरिन्छ । तर अवस्था भयावह छ । नेपालबाट हुण्डी कारोबारमार्फत विदेश पैसा पठाउने वा विदेशमा काम गर्ने नेपालीहरुको पैसा उतै भुक्तानी गर्न लगाएर (यो पनि हुण्डीकै प्रकार हो) क्रिप्टो करेन्सी खरिद हुने गरेको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि गहिँरिदै गएको तरलता संकटको दोस्रो प्रमुख कारण (आयातपछि) क्रिप्टोमा गरिएको अन्धाधुन्द लगानी हो भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ ।

यस क्षेत्रमा अनुसन्धान गरिरहेका केही पवुद्ध व्यक्तिहरुको अनुमानलाई आधार मान्ने हो भने अहिले करिब १५० अर्ब अर्थात् डेढ खर्ब रुपैयाँ बराबरको लगानी नेपालीहरुले क्रिप्टो करेन्सीमा गरेका छन् ।

डिजिटल्ली पैसा पनि कमाएका छन् भन्ने मान्दा पनि त्यो पुँजीले कुनै मूल्य सिर्जना गरेको हुँदैन, राष्ट्रिय उत्पादनका कुनै योगदान गरेको हुँदैन न रोजगार सिर्जना गरेको हुन्छ, न त राजस्वमा नै योगदान गरेको होस् । यस्तो पुंजीलाई क्यापिटल इप्लोएड फर अनप्रोडक्टीभ प्रपोज अर्थात अनुत्पादक क्षेत्रमा प्रयोग भएको पुंजी भनिन्छ ।

नेपाल जस्तो विदेशी मुद्रा आर्जनका सीमित साधन स्रोत भएको देशमा यस्तो कारोबारको नियन्त्रण अझै कडा हुनुपर्छ भन्ने कुरामा कुनै दुईमत रहने छैन ।

किन र कसरी नियन्त्रण गर्ने ?

माथि नै उल्लेख गरिएको छ कि क्रिप्टो करेन्सीले कोरा भर्चुअल मुनाफाबाहेक अर्थतन्त्रमा कुनै योगदान पुर्याएको हँुदैन । एकातिर जुन लगानीले रोजगारी सिर्जना गर्दैन, राष्ट्रिय उत्पादकत्वमा योगदान गर्दैन त्यस्तो लगानी सामान्यतया निरुत्साहित नै गरिनु पर्दछ । अर्कोतिर जुन लगानीमा लगानीकर्ताको सुरक्षामा कानूनले भूमिका खेल्न सक्दैन, त्यस्तो लगानी कालान्तरमा राज्यको लागि घातक नै हुन्छ ।

एउटा उदाहरणको लागि गत वैशाख महिनामा यदि कुनै नेपालीले एक युनिट बिटक्वाइन किनेको रहेछ भने उसले करिब ७८ लाख ४० हजार रुपैयाँ विदेश पठाएको हुनुपर्छ । र आज उक्त बिटक्वाइन बेच्न चाह्यो भने केबल ४६ लाख पचास हजारमा बेच्नु पर्छ । यहाँनेर जुन ३१ लाख ९० हजार बराबरको नोक्सान भयो त्यो सबै विदेशी मुद्रा बाहिरिएको हो । किनकि यसबीचमा उक्त बिटब्वाइनबाट कुनै लाभांश प्राप्त भएको हुँदैन । के नेपालको अर्थतन्त्र यो स्तरको जोखिम मोल्न तयार छ ? अवश्य छैन ।

अहिले विश्वका करिब ८७ देशमा ८ हजार प्रकारका क्रिप्टो करेन्सीहरुको कारोबार हुने गरेको पाइएको छ । यसमा हाइपर फण्डको हिस्सा अझ अलग्गै छ । अधिकांश देशहरुमा यस्तो कारोबारलाई कानूनी संरक्षण भने छैन । यदि क्रिप्टो होल्डिङ वा कुनै छलकपटका कारण त्यहाँका नागरिकले कुनै नोक्सानी बेहोर्नु परेमा कानूनतः उपचार प्राप्त गर्न सक्दैनन् ।

नेपालमा विभिन्न समयमा नेटवर्किङ व्यवसाय होस् वा मल्टी लेयर मार्केटिङ, विभिन्न नामबाट आमसर्वसाधारण ठगिएका उदाहरण प्रशस्त छन् । ती व्यवसायहरुलाई नियन्त्रण गर्न जसरी कानून ल्याइयो र देशभित्र मात्र गर्न पाउने र पचास प्रतिशत नेपाली सामान बेच्नुपर्ने व्यवस्था गरियो, त्यसरी पनि क्रिप्टोलाई स्वीकार गर्न सकिने अवस्था छैन ।

किनकि यो कारोबार नै भर्चुअल रुपमा हुने हुँदा स्वाभाविक रुपमा यसको नियन्त्रण कानूनको पहुँच बाहिर हुन्छ । मूल्य अस्थिरता र अपराधिक गतिविधिमा हुनसक्ने प्रयोगलाई समेत मध्यनजर गरी राज्यले तत्काल ठोस कदम चाल्नुपर्ने देखिन्छ । मल्टी लेयर मार्केटिङ कम्पनी गोल्डक्वेस्ट, नेपाली नेटवर्किङ व्यवसाय युनिटी जस्ता ज्वलन्त उदाहरण हेर्ने हो भने पनि यसबाट आमनेपाली जनतालाई जोगाउन राज्यले तत्काल अभिभावकत्व लिनुपर्ने हुन्छ ।

अहिले करिब १५० अर्ब अर्थात डेढ खर्ब रुपैयाँ बराबरको लगानी नेपालीहरुले क्रिप्टो करेन्सीमा गरेका छन् ।

(अर्थ राजनीति र वित्तीय व्यवस्थापनका जानकार पौडेल नेपाल वायुसेवा निगमका महाप्रबन्धक हुन् ।)

यो पनि पढ्नुहोस्

बहसमा क्रिप्टोकरेन्सी– के वैधानिकता आवश्यक छ ?

प्रतिक्रिया

7 thoughts on “क्रिप्टोको पासोमा कसिँदै नेपाल– कसरी जोगाउने जनता र अर्थतन्त्र ?

  1. It’s all about Ponzi cheme & Fault investing scam. Government should take quickly action with these sort of fraudulent activities. And people should self aware with these types of froud game.

  2. १५० अर्ब लगानी अनुमान गर्नु भयो । यो डाटा कसरी निकाल्नु भयो ?

  3. ‘अर्थ राजनीति र वित्तीय व्यवस्थापनका जानकार पौडेल नेपाल वायुसेवा निगमका महाप्रबन्धक हुन् ।’

    महासय, यो त दाँतको डाक्टर ले पाइल्सको उपचार गर्नला जस्तो भयन र भन्या!
    अर्थ राजनिति र बित्तिय ब्याबस्थापनको जानाकार (Expert) लाई बायुसेवा निगमको महाप्रबन्धक् बनायर चलाउन दिन्छन् अनि बायुसेवा र हवाई यातायात आफ्नो कार्यक्षत्रको कुरोमा फुँ सम्म गर्दैनन् र पुरा निगम धारासायि हुदै गैरहेको कुरोमा चै फूट्टि ध्यान दिनुपर्दैन! एता क्रिप्टोकरेन्सि र अंतरास्ट्रिय बिकेन्द्रिक्रित नँया युगको मुद्राको बारेमा हुँदोन खाँदोको चिन्ता खन्यायर यत्तिलामो लेख्छन्! अनि भुत्रो बन्च देश्!
    आफ्नो पेशागत् ब्याबसाय र निगम मा ध्यान दिनुपर्दैन?
    बरु महासय तपाईले कति जम्मागर्नुभाछ नि क्रिप्टोकरेन्सि अनि कुन् कुन् चै?
    सरकार यस्तो ब्यक्तिलाई बायुसेवा मा महाप्रबन्धक बनाउने कुनचै हो? बरु अर्थमन्त्रालय तिर लैजानुपर्यो!

  4. निगममा जव सम्म बित्तिय क्षेत्रका मानिसहरुका कुरा सुनिदैन तव सम्म बन्दैन । तपाईको जानकारी को लागि मैले निगम छोडेको ८ महिना भै सक्यो । तपाईको सुझावको लागि धन्यबाद । तपाई पनि आफ्नो बिज्ञताको क्षेत्रमा लेख्नु न हामी पनि पढौला🙏

    1. (अर्थ राजनीति र वित्तीय व्यवस्थापनका जानकार पौडेल नेपाल वायुसेवा निगमका महाप्रबन्धक हुन् ।)
      तपाईले निगम छोडेको आठ महिनाभो भनेर हामिले कुन् दुर्बिनले हेरेर थाहा पौनेनि, माथि त यस्तो लेखिएको छ् केरे! कि पुर्व महाप्रबन्धक भनेको भय अर्कै कुरा पत्रिकालाई सच्याउन भन्नुस्!
      अनि अर्कोकुरा तपाई crypto को बारेमा कच्चा देखियो! यस्तो फत्तुर सल्लाह नदिनुस् सरकारलाई! Cryptocurrency र Blockchain को उदय समयको क्रम हो कसैले रोकेर रोक्नसक्नेकुरा होईन छेकेमा जस्ले छेक्छ त्यै पछाडिन्छ्! अनि बिश्वो अर्थतन्त्रमा उदय भयको यो प्रबिधि ले नेपाल लाई चुनौति दिएको त देख्नुभो तर बीडम्बना अवसर् देख्नुभयन! असक्षम हरुले ट्रन्स्फर्मेशन् मा चुनौति र समस्या देख्छ् सक्षम ले अवसर फरक् यसैमा हो! देश cryptocurrency लै बैधानिक बनाउदा भन्दा अबैधानिक बनाउदा छीटो दुब्नेछ् र पीछाडिनेछ्! यो प्रबिधिले बिश्वो अर्थतन्त्रमा हामि जोडिएर् लाभलिने स्वोर्णिम् र आसिम मौका दिएको छ्, तर तपाईजस्ता बिद्वानहरुको र नेताहरुकै फेलामा परेको संस्थान निकाय संकाय र राजनिति अनि देश राम भरोसे हो जस्लाई रामराम् भन्नु मात्रै सकिन्छ्!

  5. यस्ता कथित विज्ञको कारणले गर्दा त हाम्रो देश तेस्रो विश्वको लेभल भन्दा पनि तल खस्किरहेको छ त, धिक्कार छ …
    हैन के खाएर बन्दो रहेछ यस्तो धिक्कारको सोच चाहिँ!

  6. यसैले क्रिप्टाे देशकाे अहितमा छ, लगानीकर्तालाई पनि जाेखिमपूर्ण छ भनेर लेख्दा थुप्रै दलालहरूले त जंगली अनपढ, कुन युगमा जन्मेकाे, कम्प्युटर नदेखेकाहरूले क्रिप्टाे कहाँ बुझ्छ? अब भाैतिक मुद्रा समाप्त भयाे भनेर दराे भने लेखे । त्याे पूर्ण स्वाँठ आधुनिक मान्छेहरूले ६ महिना अघि १ क्रिप्टाे किन्न ८० रूपैया लाख भाैतिक मद्रा नै तिर्न पर्याे हाेला र गत जुलाईबाट अहिलेसम्म हाेल्डिङ गर्दा आहिलेसम्म कति कमाए हाेला । — आलु । र याे एउटा कम्प्युटर प्राेग्रामिङ गरिएकाे रहेछ । ओैसत मूल्य २ लाखकाे (यसकालागि अत्यन्तै राम्राे फास्ट कम्युटर चाहिने रहेछ) कम्प्युटर किनेर माइनिङमा २४सै घण्टा डेडिकेटेड गर्दा अहिलेकाे रेटमा १०/१५ बर्षमा १ बिटक्वाइन रिवार्ड देला । विजुली र कम्युटरकाे नास । चाइनाले यही विजुली नास गरेकाे भनेर क्रिप्टाे माइनिङ फार्महरू बन्द गरिदिएकाे रहेछ । अब देशकाे हुँदै नभएकाे फरेक्स त्यसरी बाहिरएपछि यहाँ मुद्रास्फ्रिति र महङगी पनि बढ्ने भइ गयाे नि । जनतालाई मार ।

Leave a Reply

Your email address will not be published.