नेपाल प्रहरीको प्रवक्तामा एसएसपी बिष्णुकुमार केसी – Nepal Press

नेपाल प्रहरीको प्रवक्तामा एसएसपी बिष्णुकुमार केसी

काठमाडौं । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बिष्णुकुमार केसीलाई दिइएको छ । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी केसीलाई प्रहरी प्रधान कार्यालयले प्रवक्ताको जिम्मेवारी दिएको हो ।

एसएसपी केसी यस अघि नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत थिए । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यममा सम्प्रेषण गर्नका लागि एसएसपी केसीलाई प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस अघि प्रहरी प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी बसन्तबहादुर कुँवरको महानगरीय अपराध अनुसन्धान महाशाखामा सरुवा भएपछि प्रहरी प्रधान कार्यालयले केहि दिनका लागि प्रहरी नायब महानिरीक्षक (डीआइजीपी) मुकुन्दराज आचार्यलाई दिइएको थियो । प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआइजीपी आचार्यले ४ दिन मात्रै प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर