पूर्वराजदूत ढकालद्वारा विद्यावारिधी उपाधि ग्रहण

२०७८ पुष २९ गते १८:१८

काठमाडौं । ओमानका लागि पूर्वनेपाली राजदूत शर्मिला पराजुली ढकालले नेपाल संस्कृति विश्वविद्यालयबाट विद्यावारिधीको उपाधि ग्रहण गरेकी छिन् ।
‘वेद र वाइवलमा महिलाको प्रतिनिधित्व : एक तुलनात्मक अध्ययन’ विषयमा उनले पीएचडी हासिल गरेकी हुन् । उपाधि ग्रहण गर्ने कार्यमा सहयोग गर्ने विश्वविद्यालयका प्राध्यापक, रेक्टर, निर्देशकलाई उनले धन्यवाद समेत दिएकी छिन् ।
ढकालको उक्त सोधप्रबन्ध अनुसन्धानकर्ता र विद्यार्थी लगायतलाई उपयोगी हुने र चाँडै नेपाली विश्वविद्यालयका पुस्तकालयमा पनि उपलब्ध हुने उनले जनाएकी छिन् ।
प्रतिक्रिया
सम्बन्धित खवर