निरन्तर वृद्धि भइरहेको सेयर बजार ३० अंकले घट्यो – Nepal Press

निरन्तर वृद्धि भइरहेको सेयर बजार ३० अंकले घट्यो

काठमाडौं । पछिल्लो समय निरन्तर वृद्धि भइरहेको सेयर बजार आज घटेको छ । आज ३०.५१ अंकले घटेको छ । १.०८ प्रतिशतले सेयर बजार घट्दा नेप्से परिसूचक २८०३.६२ अंकमा झरेको छ ।

आज सेयर बजार घटेपनि कारोबार रकम भने वृद्धि भएको छ । आज ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७ सय रुपैयाँको सेयर कारोबार भएको छ । २ सय २९ कम्पनीका १ करोड ६१ लख ४७ हजार ३ सय कित्ता सेयर कारोबार भएको हाे।

बजार घटेको दिन पनि २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्य १०–१० प्रतिशतले वृद्धि भएको छ ।

सबैभन्दा धेरै नेपाल बंगलादेश बैंकको कारोबार भएको छ । सो बैंकको आज २८ करोड ६९ लाख ९९ हजार रुपैयाँको सेयर कारोबार भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *