मन्त्रीस्तरीय निर्णबाट थप ६ सहसचिवको सरुवा – Nepal Press

मन्त्रीस्तरीय निर्णबाट थप ६ सहसचिवको सरुवा

काठमाडौं । सरकारले मन्त्रीस्तरीय निर्णय गर्दै थप ६ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार मन्त्रीस्तरीय निर्णय गर्दै प्रमुख जिल्ला अधिकारीसहित ६ जना सहसचिवको सरुवा गरेको हो ।

मन्त्रालय स्राेतका अनुसार धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय लुम्बिनी प्रदेशमा सरुवा भएको छ भने लगानी बोर्डका सहसचिव सुरेन्द्र पौडेलको गृह मन्त्रालय अन्तर्गत सरुवा भएको छ । यस्तै मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव रामआधार शाहको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिवप्रसाद रेग्मीको वन तथा वातावरण मन्त्रालयमा सरुवा भएको छ ।

यस्तै मन्त्रालयको अतिरिक्तमा रहेका भगवान् अर्यालको लगानी बोर्डमा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव बद्रीनाथ अधिकारीको आन्तरिक मामिला मन्त्रालय गण्डकी प्रदेशमा सरुवा भएको छ । यस अघि मात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै १० जना सहसचिवको सरुवा गरेको थियो ।


प्रतिक्रिया

One thought on “मन्त्रीस्तरीय निर्णबाट थप ६ सहसचिवको सरुवा

  1. सरूवा गर्ने, दाम कमाउनेभन्दा अरू धन्दा नै छैन अहिलेकाे सरकारकाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर