कांग्रेस सिरहा सभापतिलाई धम्की दिने एसपी पाण्डे तीन महिनाको निलम्बनमा – Nepal Press

कांग्रेस सिरहा सभापतिलाई धम्की दिने एसपी पाण्डे तीन महिनाको निलम्बनमा

जनकपुरधाम । नेपाली कांग्रेस सिरहा जिल्ला सभापति एवं पूर्वसांसद रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् ।

एसपी पाण्डेलाई निलम्बन गरिएको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए । सभापति यादवको घरमा गएको देखिएपछि थप अनुसन्धान गर्न तीन महिनाका लागि निलम्बन गरिएको उनले बताए ।

आफ्नो सरुवा गराएको निहँमा एसपी पाण्डेले आइतबार मध्यरातमा जिरोमाइलस्थित आफ्नै घरमै आएर गाली गलौजका साथै गोली हानी मारिदिने धम्की दिएको भन्दै सभापति यादवले पाण्डेलाई निलम्बन गर्न माग गरेका थिए ।

२०७८ असार ८ मा एसपी पाण्डे जिल्ला प्रहरी कार्यालय सिरहा सरुवा भएर आएका थिए । तर एक वर्ष नबित्दै प्रहरी प्रधान कार्यालयले तानिएपछि उनी आक्रोशित थिए ।

स्रोतका अनुसार हत्या अभियोगमा पक्राउ परेका कांग्रेसका २ कार्यकर्ता रिहा गर्न सभापति यादवले दवाव दिएका थिए । तर एसपीले नमानेपछि सरुवा गरिएको हो ।

तस्बिर: एसपी पाण्डेकाे फेसबुकबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर