ओलीको टिप्पणी : सरकारमा एकैचोटि पाँचवटा ‘अलच्छिना’ पसेपछि देशको ढुकुटी रित्तियो (भिडिओ) – Nepal Press

ओलीको टिप्पणी : सरकारमा एकैचोटि पाँचवटा ‘अलच्छिना’ पसेपछि देशको ढुकुटी रित्तियो (भिडिओ)

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठवन्धनलाई ‘अलच्छिन’ संज्ञा दिएका छन् । सरकारमा अलच्छिन पसेकाले देशको ढुकुटी रित्तिएको उनले टिप्पणी गरे ।

राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हु्न् । बंैकहरुसँग अहिले पैसा नभएको विषय उप्काउँदै उनले सत्तारुढ दलहरुको आलोचना गरेका थिए ।

ओलीले भने, ‘६ महिनायतादेखि बैकहरुमा पैसा छैन । जानुभयो भने पैसा पाइँदैन, चाहे जेसुकै धरौटी राख्नुस । यात्रोविधि आयोजना काटिएको छ । सबै निर्दिष्ट बजेट छ । तर, पनि खर्च गर्न नसकिने भनेर किन आयोजना काटिन्छ ?’

उनले थपे, ‘मान्छेहहरु कहिलेकाहीँ भन्छन् नि, अलच्छिना पस्यो भनेर । त्यस्तो भयो । पाँच वटा अलच्छिना एकैचोटि पसेपछि के होला ?’

ओलीले प्रधानमन्त्री नियुक्ति गर्न परामादेश दिने सर्वोच्च अदालतप्रति पनि आक्रोश पोखेका थिए । असार २९ गते नै प्रधानमन्त्री नियुक्त गरी सपथ गराउनै पर्ने परामादेश किन दिनुपरेको भन्दै उनले प्रश्न गरे ।

उनले भने, ‘सर्वोच्च अदालत संवैधानिक बाटोबाट कान्लातिर हाम फालेर गए हुन्छ । प्रधानमन्त्री नियुक्त भएको संसदलाई थाहा छैन । प्रधानमन्त्री नियुक्त भयो, सपथ भयो, संसदलाई थाहा छैन ।


प्रतिक्रिया

One thought on “ओलीको टिप्पणी : सरकारमा एकैचोटि पाँचवटा ‘अलच्छिना’ पसेपछि देशको ढुकुटी रित्तियो (भिडिओ)

  1. संसद त हजुरले नै दुई दुई पटक घाँटी छिनाली बक्स्याथ्याे हैन र ख्वामित हजुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर