कांग्रेस प्रदेश २ नेतृत्वका लागि मतदानको तयारी (तस्बिरहरू) – Nepal Press

कांग्रेस प्रदेश २ नेतृत्वका लागि मतदानको तयारी (तस्बिरहरू)

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनअन्तर्गत जनकपुरस्थित गोपाल धर्मशालामा मतदानको तयारी गरिएको छ ।

मतदानका प्लाष्टिकका डब्बालाई मतपेटिका बनाइएको छ । मतदानस्थलमा सुरक्षार्थ नेपाल र सशस्त्र प्रहरी खटेका छन् । निर्वाचन समितिका अनुसार दिउँसो १ बजेबाट मतदान सुरू हुनेछ ।

पदाधिकारीसहित ७४ सदस्यीय प्रदेश कमिटीका लागि १८० जनाले उम्मेदवारी दिएका छन् । शेरबहादुर देउवा समूहबाट कृष्णाराय यादव र विमलेन्द्र निधि- शेखर कोइराला समूहबाट रामसरोज यादवले अलग अलग प्यानल बनाएर उम्मेदवारी दिएका हुन् ।

प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका रामसरोजलाई जिताउन विमलेन्द्र निधि र शेखर कोइराला समूहका नेताहरू सक्रिय छन् । देउवा समूहका कृष्णाको प्यानललाई जिताउन गृहमन्त्री बालकृष्ण खाण जनकपुरमा खटिरहेका छन् ।

रामसरोजको प्यानलबाट उपसभापतिमा धनलाल ठोकर (रौतहट), र विनोद खनाल (सर्लाही) छन् । महामन्त्रीमा नरेश यादव (सिरहा) र हरेस महतो (सर्लाही) लाई राखिएको छ । सहमहामन्त्रीमा अरविन्द अमात्य (पर्सा), विनोद यादव (महोत्तरी) र निर्मला सुवेदी (बारा) छन् ।

यस्तै कृष्णाको प्यानलमा उपसभापतिमा वीरेन्द्र सिंह (सर्लाही) र चन्द्रशेखर यादव (बारा) लाई राखिएको छ । यस्तै महामन्त्री उपेन्द्र यादव (सिरहा) र वृहस्पतिकुमार श्रेष्ठ (पर्सा) छन् । सहमहामन्त्रीमा जयनारायण यादव (बारा), परशुराम चौधरी (सप्तरी) र रिता यादव (सप्तरी) भिडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर