सिटौला निवास पुगेर रामचन्द्रको प्रस्ताव- मिलेर जाउँ, कांग्रेसमा नेतृत्व परिवर्तन गरौं – Nepal Press

सिटौला निवास पुगेर रामचन्द्रको प्रस्ताव- मिलेर जाउँ, कांग्रेसमा नेतृत्व परिवर्तन गरौं

काठमाडौं । संस्थापनइतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न प्रयास भइरहेका बेला कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तेस्रो धारका नेता कृष्णप्रसाद सिटौलासँग छलफल गरेका छन् ।

बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डको भेलाबाट निस्किएर सीधै विशालनगरस्थित कृष्णप्रसाद सिटौलाको निवासमा पुगेका पौडेलले कांग्रेसका नेतृत्व परिवर्तनका लागि मिलेर जाने प्रस्ताव राखेको बताइएको छ ।

छोटो भेटमा सिटौलाले आफू छलफलमै रहेको भन्दै पौडेलको प्रस्तावमाथि थप जवाफ नदिएको एक नेताले बताए । दुवै पक्षले भेटलाई गोप्य राख्न खोजेका छन् । पछिल्लो समय प्रदेश र जिल्ला अधिवेशनमा देउवा र सिटौला पक्षबीच गठबन्धन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर