बेलायतका लागि प्रस्तावित राजदूत आचार्य भन्छन् : प्रधानमन्त्री र विदेशमन्त्रीको भ्रमण गराउन पहल गर्छु – Nepal Press
संसदीय सुनुवाइ

बेलायतका लागि प्रस्तावित राजदूत आचार्य भन्छन् : प्रधानमन्त्री र विदेशमन्त्रीको भ्रमण गराउन पहल गर्छु

काठमाडौं । भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित तीन राजदूतहरुको संसदीय सुनुवाइ आजदेखि सुरु भएको छ । बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यबाट सुरु भएको सुनुवाइमा सांसदहरुले सवाल-जवाफ मात्र गरेनन्, सुझाव पनि दिए ।

सांसदहरुको प्रश्नको जवाफ दिँदै बेलायतका लागि प्रस्तावित राजदूत आचार्यले नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्ध भएकाले द्धिपक्षीय सम्बन्धलाई बलियो तुल्याउनुपर्ने बताए ।

सम्बन्धको विविधकरण र सुदृढीकरण जरुरी भएको बताउँदै उनले क्षेत्रीय स्वार्थबाट बाहिर आउनुपर्ने बताए । बेलायती प्रधानमन्त्री र विदेशमन्त्रीको नेपाल भ्रमण नभएको बताउँदै उनले भ्रमण गराउन पहल गर्ने बताए ।

राजनीतिसँगै आर्थिक सम्बन्धलाई बलियो तुल्याउनुपर्ने बताउँदै उनले नेपालका लागि लाभ हुने क्षेत्रमा सहयोगको दायरा बढाउँदै जानुपने बताए । भूपु बेलायती सैनिकको माग पुरा गर्न सरकारले पहल लिएको बताउँदै उनले न्यायोचित र उदारताको साथ समस्या समाधान गर्न अघि बढ्ने बताए ।

फाइनान्स ग्याप, फरेन्स एक्सचेन्ज ग्याप र ट्रेड ग्यापलाई कम गर्न भूमिका खेल्ने उनले बताए । दुई अर्बको निर्यात गर्ने योजना उनले सुनाए । बजारको पहुँच, निर्यातयोग्य उत्पादन वृद्धि र बजार प्रवद्र्धनको कुरा अघि बढाउने बताउँदै उनले लगानी भित्राउन पहल गर्ने बताए ।

पर्यटन क्षेत्रमा पनि नेपाल र बेलायतबीच सहकार्य हुनुपर्ने उनले बताए । बेलायतमा पढ्न गएका नेपाली विद्यार्थीले दुःख पाएको बताउँदै उनले समस्या समाधानमा पहल गर्ने बताए । ‘नेपालको वृहत्तर राष्ट्रिय स्वार्थमा काम गर्नेछु’ उनले भने ।

एमाले नेता तथा समिति सदस्य सुरेन्द्र पाण्डे, माओवादी केन्द्रका नेता देव गुरुङ लगायतले भूतपूर्व गोर्खा सैनिकको समस्या समाधान गर्न आग्रह गरे । कांग्रेस सांसद भीमसेनदास प्रधानले बेलायती प्रधानमन्त्रीलाई भ्रमण गराउने योजनालाई प्राथमिकतामा राख्न आग्रह गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर