रेखालाई जिताउन भोट माग्दै रेजिना (तस्बिरहरु) – Nepal Press
राप्रपा महाधिवेशन

रेखालाई जिताउन भोट माग्दै रेजिना (तस्बिरहरु)

काठमाडौं । अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ । दोस्रो दिन शनिबार चुनावी प्रक्रिया सुरु भएको छ र उम्मेदवारहरु महाधिवेशन प्रतिनिधिसँग भोट माग्न व्यस्त देखिन्छन् ।

नायिका रेखा थापा यसपटक राप्रपा महाधिवेशनकी आकर्षण बनेकी छिन् । अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएकी रेखा भोट माग्न समेत व्यस्त छिन् ।

दुई दशक लामो फिल्मी करियरबाट राजनीतिक लडाइमा होमिएकी रेखा आफूले जित्ने दावी पनि पेश गरिरहेकी छिन् । रेखालाई भोट माग्न अहिले लिङ्देन प्यानलका प्रतिनिधि मात्र हैन, फिल्म क्षेत्रका अन्य सेलेव्रिटी समेत व्यस्त देखिन्छन् ।

रेखासँग निकट मानिएकी नायिका रेजिना उप्रेती शनिबार महाधिवेशन थलो भृकुटीमण्डपमा रेखालाई भोट माग्दै गरेको बेला भेटिइन् । फिल्म लाइनको रेखा र रेजिनाको दोस्ती अहिले राप्रपाको महाधिवेशनमा देखिएको छ ।

यी दुई नायिकाको फिल्मी करियर लगभग समान छ । रेजिना अहिले चलचित्र कलाकार संघको कार्यसमितिमा पनि सक्रिय छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर