एमाले केन्द्रीय सदस्यमा रामेछापका नेता रत्न गौतमको उम्मेदवारी घोषणा – Nepal Press

एमाले केन्द्रीय सदस्यमा रामेछापका नेता रत्न गौतमको उम्मेदवारी घोषणा

काठमाडौं । रामेछापका नेता रत्नप्रसाद गौतमले नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् । गौतमले वाग्मती प्रदेशको भूगोलबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

अहिले एमालेको वाग्मती प्रदेश कमिटीका सदस्य रहेका गौतम एमाले–माओवादी एकता भंग भएपछि पार्टी केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । उनी २०७४ सालको संसदीय निर्वाचनमा रामेछापबाट प्रदेशसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका थिए ।

निर्माण व्यवसायीसमेत रहेका उनी रामेछापका जनप्रिय नेता हुन् । गौतमले कोरोना महामारीका बेला रामेछाप जिल्ला अस्पतालसँगै सबै स्थानीय तहलाई व्यक्तिगतरुपमा अक्सिजन सिलिण्डर, अक्सिजन प्लान्टलगायतका स्वास्थ्य सामग्री प्रदान गरेका थिए ।

उनले एमाले मात्रै नभइ कांग्रेस र माओवादीका पार्टी कार्यालय निर्माणमा समेत आर्थिक सहयोग गरेका छन् ।


प्रतिक्रिया

One thought on “एमाले केन्द्रीय सदस्यमा रामेछापका नेता रत्न गौतमको उम्मेदवारी घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर