दक्षिण कोरियाका सैनिक तानाशाह ह्वानको ९० वर्षको उमेरमा निधन – Nepal Press

दक्षिण कोरियाका सैनिक तानाशाह ह्वानको ९० वर्षको उमेरमा निधन

सोल । पूर्व दक्षिण कोरियाली राष्ट्रपति तथा सैनिक तानाशाह चुन डु ह्वानको ९० वर्षको उमेरमा आज बिहान राजधानी सोलमा निधन भएको छ ।

सन् १९७९ को सैनिक कूविरुद्ध चलेको लोकतान्त्रिक आन्दोलनमा दमन गरेका ह्वानले कठोर शासन चलाएका थिए । रोयटर्सका अनुसार पछिल्लो समय उनी रक्त क्यान्सरबाट पीडित थिए ।

उनका प्रेस सल्लाहकार मिन चुङ कीका अनुसार मंगलबार बिहान सोलस्थित निवासमा निधन भएका तानाशाह ह्वानको आजै अन्तिम दाहसंस्कार गरिने भएको छ ।

पूर्व सैन्य कमान्डर ह्वानले सन् १९८० मा लोकतान्त्रिक पक्षधरहरुको प्रदर्शनमा दमन गरेर नरसंहार गरेको आरोप छ । उनलाई अदालतले यो अभियोगमा आजिवन जेल सजाय पनि सुनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर