आन्दोलनकारी वकिललाई नेम्वाङको जवाफ- तपाईंहरूको माग पार्टी बैठकमा राख्छु – Nepal Press

आन्दोलनकारी वकिललाई नेम्वाङको जवाफ- तपाईंहरूको माग पार्टी बैठकमा राख्छु

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने बारको मागलाई पार्टीको बैठकमा राख्ने आश्वासन दिएका छन् ।

जबरालाई महाअभियोग लगाएर हटाउनुपर्ने मागसहित सोमबार नेपाल बार एसोसिएसनले बुझाएको ज्ञापनपत्र बुझ्दै नेम्वाङले बारको प्रस्तावलाई पार्टी अध्यक्ष र स्थायी कमिटी बैठकमा लैजाने आश्वासन दिएका हुन् ।

‘बारले उठाएका विषय गम्भीर छन् । जे भयो राम्रो भएन । यो ज्ञापनलाई अध्यक्ष र स्थायी कमिटीमा अविलम्ब आजै बुझाउँछु । पार्टीको ध्यानाकर्षण गराउने पहल मेरो रहन्छ’, ज्ञापनपत्र बुझ्दै नेम्वाङले भने ।

बारको आन्दोलनबारे औपचारिक जानकारी पाएको भन्दै उनले कानुन व्यवसायीको आन्दोलन मथ्थर बनाउन दंगा प्रहरी प्रयोग गरेमा दुःख व्यक्त गरे । न्यायालयको विवादभित्रै समाधान गर्नुपर्ने भए पनि बाहिर आइसकेकाले अब समाधानको बाटोमा लाग्नुपर्ने उनको नेम्वाङको भनाइ छ ।

‘बारले यस्तो गर्नुपर्ने स्थिति नआएको भए हुन्थ्यो । अदालत र बार छलफल गरेको भए राम्रो हुन्थ्यो । तर, बाहिर आइसक्नुभयो । यो राम्रो होइन । अहिले सर्वोच्चबाट न्याय पाउन नसकिने अवस्था छ । हामीले नै बोलिराखेको कुरा आएको छ । संसदमा भएका घटनामा पनि हामीले न्याय पाउन सकेनौं’, उनले भने ।

नेम्वाङलाई ज्ञापनपत्र बुझाउने क्रममा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबराले संविधानको व्यवस्थाअनुसार आफू बाहिरिने भनेकाले महाअभियोग लगाउनुपर्ने भएको बताए ।


प्रतिक्रिया

One thought on “आन्दोलनकारी वकिललाई नेम्वाङको जवाफ- तपाईंहरूको माग पार्टी बैठकमा राख्छु

  1. Nplka party Ka karyakarta ko Kam xaina kere neta ji!
    Jahile Pani kehi na kehi bhakai hunxa ? Garne kasaile kehi hoina waiyat nalayak haru?
    Neta Ka jhole bhayo hidyo .Jun party Ka neta aaya Pani garne kehi hoina ? Wa re npl?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर