इक्वेडरको कारागारमा झडप, ६८ जना कैदीको मृत्यु – Nepal Press

इक्वेडरको कारागारमा झडप, ६८ जना कैदीको मृत्यु

एजेन्सी । इक्वेडरमा एउटा कारगारमा भएको झडपमा कम्तिमा ६८ जनाको मृत्यु भएको छ । दक्षिणी इक्वेडरको पेनिटेनसियारिअ डेल लिटरोल कारागारमा शनिवार राति भएको झडपमा दर्जनौं घाइते भएका छन् । कारगारभित्र दुई समूहका बन्दीबीच झडप भएको थियो ।

सोही कारागारमा यही सेप्टेम्बरमा भएको झडपमा ११९ कैदी मारिएका थिए । सो हिंसालाई इक्वेडरको इतिहासमै सबैभन्दा खराब बताइएइको थियो ।

कारागारभित्र झडप बढ्नुको मुख्यः कारण लागुऔषध तस्कर समूहबीचको विवाद भएको सरकारले बताउँदै आएको छ । तस्कर समूहका एक नाइकेको रिहाइलाई लिएर पछिल्लो हिंसा भड्किएको गुआएज प्रान्तका गभर्नर पाब्लो एरोजमेनाले पत्रकार सम्मेलनमा जानाकारी दिएका थिए ।

कारागारको एउटा ब्लकको नाइकेको रिहा भएको थाहा पाएपछि अर्को समूहले आक्रमण सुरु गरेको थियो । झडप नियन्त्रण गर्न प्रहरीले गोलीसमेत चलाएको थियो । जेलभित्र ठूला बिस्फोटका आवाजसमेत सुनिएको हिंसापछि सार्वजनिक भएको एउटा भिडियोमा देख्न सकिन्छ । झडपपछि कारागारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर